Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

हाम्रो पाईला हाम्रो पाईला
२०८२ बैशाख १२, शुक्रबार १२:५१ PM
सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्नेबारे चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसर पारेर एमालेले बिहीबार काठमाडौंमा गरेको ‘युथ सेलिब्रेसन’ सभामा उनले संसद्को बनावटअनुसार देशलाई ठीक ढंगले अगाडि बढाउन सकेसम्मका प्रयास आफ्नो दलले गरिरहेको समेत बताएका छन् ।
लोकतान्त्रिक गणतन्त्रलाई युवासँग जोड्न तथा लोकतन्त्रबारे फैलाइएको भ्रमबारे युवालाई प्रस्ट्याउन भनेर आयोजना गरिएको सभामा प्रधानमन्त्री ओलीले राष्ट्रवादी अडानका कारण एमालेमाथि आक्रमण भइरहेको बताए ।

‘कुनै भ्रममा नपर्नुस्, हामीले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्त्वहरू एमालेविरुद्ध खनिएका छन्,’ उनले भने, ‘लोकतान्त्रिक अभ्यास, आचरण, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्ति हामीसँग भयभीत भएका छन् र दिनैपिच्छे अनेक प्रकारका भ्रम फिजाउन खोजेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढल्नै लागेको भनेर दिएको अभिव्यक्तिका सन्दर्भमा उनले राजनीतिक स्थायित्वका लागि बनेको सरकारले त्यहीअनुसार काम गरिरहेको बताएका थिए । उनले कार्यकर्तालाई २०८४ को निर्वाचनमा केन्द्रित हुन निर्देशन पनि दिए ।

‘एमालेले सरकार बनाऊ, सरकार बचाऊ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । हामीले २०७० को चुनाव भन्यौं, २०७४ को चुनाव भन्यौं, २०७९ को चुनाव भन्यौं र २०८४ को चुनाव भनिराखेका छौं, मिसन ०८४ भनेका छौं । ढुक्कले मिसन, ०८४ मा लाग्नुस् ।’
प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि युवालाई संघर्षमा उत्रने मानसिकता बनाउन निर्देशन दिए । ‘आवश्यक पर्छ भने संघर्षको मैदानमा उत्रिन तयार हुनुपर्छ र हाम्रा अग्रज, पुर्खाले जुन संघर्ष गरेर देशलाई यहाँसम्म ल्याएका छन्, आज ती उपलब्धिको रक्षा गर्दै अगाडि बढ्न युवा पुस्ताको संकल्प र त्यसका निम्ति सक्रिय प्रयास जरुरी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल