कपिलवस्तु जिल्लाका सिमानाकाबाट खुलेयाम तस्करी मौलाउदा नेपाल प्रहरी, शसस्त्र प्रहरी भने मख्ख छन् ।
जिल्लाका सिमानाकाबाट १ महिना जति रोकिएको तस्करी अहिले भने छरपस्ट रहदै आएको छ । जिल्लाका सिमानाकामा रहेका इन्चार्जलाई जिल्ला तहले खुलेयाम तस्करी गराउन दवाव दिदै आएको नाम नबताउने सर्तमा एक प्रहरी बताउछन् ।
जिल्लाका सिमानाका प्रहरी चौकी रंगपुर,ईलाका प्रहरी कार्यालय चाकरचौडा, प्रहरी चौकी मर्याद पुर, पुर्निहवा नाका ,गौरा नाकाबाट दैनिक दिन र रातको समयमा गाडिका गाडि पास हुने खाध्यान्न,चिनी,मकै ,चामल, लसुन ,प्याज ,किरानाका सामान, मेसिनरी पार्टस, इलेक्ट्रोनिस सामान, हाडबेयरका ,सामान टायल मार्बल ,कस्मेटीक सामान, जुत्ताचप्पल,इलेक्ट्रीक स्कुटर, बैलर कुखुरा, खसी बोका ,माछा समेत भन्सार छली गरेर तस्करी हुदै आएको छ ।
धेरै जसो मर्यादपुर नाका रंगपुर ,चाकरचौडा नाकाबाट लागु औषधको कारोवार हुदै आएको छ । सोही नाकाबाट लागुऔषधको कारोवार गर्ने कारोवारी संग जिल्लाबाट खटिने सादा पोसाक तथा मातहतका सादा पोसाकको हिमझिम उठवस गर्ने उनीहरु कै संरक्षणमा लाग्ने गरेका छन् ।
जिल्लामा तस्करी रोक्ने सिमा सुरक्षा तथा राज्यको संमपतीको सुरक्षा तथा सिमानाका तस्करीलाई साम्य पार्ने जिम्मा प्रहरीको रहेता पनि प्रहरीले तस्करी गर्ने तस्कर संग चिनीको प्रतिबोरा बापत प्रत्येक प्रहरी चौकी वा तस्करी हुने एरियाको प्रहरी भन्सार कर्मचारीलाई ५० रुपैया बुझाउने गरेको एक तस्करले आफनो नाम नबताउने सर्तमा बताउछन् ।
करिब शुक्रवार राति ९ बजेको समयमा एक तस्कर जिल्ला प्रहरी कार्यालयको परिसर बर ५ सय मिटर नजिकको बाटो प्रयोग गरेर रातभर तस्करी गरेका थिए । जिल्ला प्रहरी कार्यालयले ठुला तस्करको संरक्षण साना तस्करको पत्तासाफ गर्ने निती अपानाएको देखिन्छ ।
अन्य सामान तस्कर गर्ने तस्कर संग भने प्रहरीले सादा पोसाकका प्रहरी खटाएर दैनिक साप्ताहिक ,पाक्षिक, मासिक रुपमा ,जिल्लाका तस्करी हुने सिमा नाकाबाट रकम उठाउने गरेको एक स्रोतले बताएको छ ।
गत चैत्र १५ गते खरभुजा, केरा , कालो अंगुर गरि २६ सय रुपैया सामान रंगपुर प्रहरीले बरामद गरेर बहादुरी पन देखाउने प्रहरीले सोही सामान सुठौली भन्सार कार्यालयलाई चलान गर्यो । भन्सार कार्यालयले सामान सहित १ लाख धरौटीमा मान्छेलाई रिहा गर्यो तर सामान्य तस्करलाई कैद ,ठुला तस्करलाई सलुट गरेर सम्मानका साथ तस्करी गर्ने तस्करको सुरक्षामा रातदिन खटिने प्रहरीलाई धिक्कार गर्छन स्थानीय बासी ।
प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टले पछिल्लो समयमा भएको तस्करीका वारेमा प्रश्न गर्दा सिधै भएको छ हाम्रो संरक्षण हो भनेर जवाफ दिन आनाकानी गर्दै उनले पत्रकारलाई त्यस्तो भए प्रमाण दिनोस तस्करी गर्ने तस्करलाई हामी कारवाही गर्छौ । उनले भने प्रहरी सिमानाकामा खटिएर तस्करी गराउने पत्रकारले प्रमाण दिने कहाँ सम्मको कुराहो उनले त्यती भन्न समेत लाज मानेन्न । यो कुराबाट स्पष्ट छकि खुलेयाम तस्करीमा प्रहरीको सेटिङ रहेको स्पष्ट आम सर्वसाधारणले गर्दै आएका छन् । थुनुवा कक्षबाट घुस खाने स्पष्टीकरण समेत नसोध्ने भ्रष्ट प्रहरीको संरक्षण गर्ने प्रहरी उपरिक्षक भट्ट निरिह रहेको स्थानीयको आरोप छ । अनुमान गर्न सकिन्छ । त्यती मात्र होईन प्रहरी उपरिक्षक हचुवाको भरमा ६⁄७ महिनाको समय अवधीमा २ पटक काम गर्नेलाई भन्दा काम नै नगर्ने प्रहरीलाई सम्मान समेत गर्दै आएका छन् ।