२०८१ सालको बैशाख ३१ गते, “साहु पौडेल कुल पूजा समाज, नेपाल“ वाणगंगा नगरपालिका वडा ८ कपिलवस्तुद्वारा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समाजका सम्मानित सताब्दी पुरुष छविलाल पौडेलले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा समाजका ९३ वर्ष देखि ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
भित्तेपात्रो विमोचन समारोहमा देश–विदेशमा रहेका सम्पूर्ण पौडेल परिवार सदस्यहरूलाई आपसी एकता, सद्भाव र सहयोगका सन्देशहरू दिइएको थियो।
कार्यक्रममा बोल्ने बत्तलाले यस कार्यक्रमले सामाजिक एकता दाजु भाई बिचको सामिप्यता बडाउनुका साथै संस्कृति जगेर्नाको दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरेका थिए ।
कार्यक्रममा भित्तेपात्रो बिमोचन कार्यक्रममा भौतिक रुपमा उपस्थीत हुन नसके पनि सामाजिक सञ्जाल मार्फत धनिश्वर पौडेल जिल्ला न्याधिश रुपन्देही ,सितगंगा नगरपालिका नगर प्रमुख छविलाल पौडेल अनिल पौडेल प्रमुख जिल्ला अधिकारी दार्चुला हरिराम पौडेल केन्द्रीय अध्यक्ष पौडेल वंश महासंघ ,समाज सेवी मडिराम पौडेल समाजसेवी धातिवाङ लगायतले भित्तेपात्रो बिमोचन तथा २०८२ सालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा साहु पौडेल कुल पूजा समाज नेपाल अध्यक्षता प्रेमनारायण पौडेलले गर्नुभएको थियो भने संचालन उमेश पौडेलले गर्नुभएको थियो। विशिष्ट शोभाकाान्त पौडेल भविश्वर पौडेल , पौडेल कुल पुजा समाज लुम्बिनी प्रदेश सदस्य हिमलाल पौडेल ,पौडेल बंश महासंघ जिल्ला जिल्ला अध्यक्ष गिरीराज पौडेल ,पौडेल बंश महासंघ लुम्बिनी प्रदेश सदस्य जिवलाल पौडेल, पौडेल बंश महासंघ जिल्ला जिल्ला उपाध्यक्ष राम प्रसाद पौडेल, रहेको थियो भने साहु पौडेल कुल पूजा समाज नेपालकी उपाध्यक्ष रेवता पौडेलले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । लगायत विभिन्न सम्माननीय व्यक्तित्वहरूको उपस्थिति थियो । साहु पौडेल कुल पूजा समाज नेपालका सचिव हुमनाथ पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।