कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको वडा नं. ७ मा दुई जना व्यक्तिलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ।
ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका अनुसार २२ गते मंगल बार दिउसो ३ बजेको समय खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नं. २ का २८ वर्षीय मतिउर मुसलमान र २५ वर्षीय मेजा अहमद रहेका छन्। उनीहरूबाट ८.८० ग्राम ब्राउन सुगर, बा ६१ प ८५५४ नम्बरको दुई सय सिसिको पल्सर मोटरसाइकल, बरामद गरिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुबै जनालाई सम्मानित अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइ रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताउनु भयो । प्रहरी निरीक्षक खत्रीले आफू कार्यलयमा हाजिर भए पछि उनले लागूऔषधमा अहिले सम्मकै उत्कृष्ट काम गरेका छ्न ।