नेपाल अर्वुद रोग निवारण संस्था कपिलवस्तु शाखाले विपन्न परिवारका बालबालिकाहरुका लागि न्यानो कपडा तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । कपिलवस्तु नगरपालिका ३ जमोहरा स्थित श्री राधाचन्द्र आधारभूत बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोयाममा बिद्यालयमा पठनपाठनमा सहजता होस् भन्ने हेतुले उक्त सामग्री बितरण गरिएको हो ।
बिद्यालयमा अध्ययनरत करिब ४७ जना ससाना बालबालिकाहरुलाई ज्याकेट तथा बिद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको आयोजक नेपाल अर्वुद रोग निवारण संस्था कपिलवस्तु शाखाका अध्यक्ष राजेश ज्ञवालीले बताउनुभएको छ ।
चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय जान बाध्य बालबालिकाहरू न्यानो कपडा पाउदा खुसी भएका छन् । न्यानो कपडा अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको बिद्यालयका प्रधानाध्यापक गीता खनालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रोयल थाई मोनाष्ट्री लुम्बिनीका भिक्षु सुपोत भन्तेले न्यायो कपडा तथा स्वास्थ्य सामग्री वितरण गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले आयोजक संस्थालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा समाजसेवी श्रीराजन खड्का, बलराम घिमिरे, गंगाधर आचार्य, शिवशंकर कान्दु, लगायतको आतिथ्यता रहेको थियो । बिद्यालयका प्रधानाध्यापक गीता खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन इन्दिरा देवकोटाले गर्नुभएको थियो ।