नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनामा कडाइ गर्दै दैनिक रुपमा सवारी साधन चेकजाँच तथा कारबाहीलाई तीव्र बनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले मंगलबार मात्र यातायात व्यवस्था ऐन तथा ट्राफिक नियम उल्लङ्घन गर्ने थुप्रै सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री स्वयं राजमार्गमा खटिँदै यात्रु सुरक्षाका लागि निरन्तर चेकजाँच गरि साना तथा ठुला सवारी साधनलाई कारवाहीको दायरामा लिदै आएका छन् ।
उनले बुटवलबाट छुट्ने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको निगरानी गर्दै नियम उल्लङ्घन गर्नेहरुलाई तत्काल कारबाही गर्ने सिट संख्या भन्दा बडि सिट राख्ने सवारी साधनको सिट काट्ने र कारवाहीका लागि यातायात कार्यालय पठाउने काम गर्दै आएका छन् ।
प्रहरी उपरीक्षक खत्रीका अनुसार, विशेष गरी ट्राफिक नियम उल्लङ्घन, मापसे गरी सवारी हाँक्ने, ओभरलोड तथा ओभर स्पीड गर्ने, अवैध सवारी साधन सञ्चालन गर्ने, यात्रु क्षमता भन्दा बढी राख्ने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना सवारी चलाउने लगायतका कारणले कारबाही गरिएको हो । मंगलबारको मात्र विवरण हेर्ने हो भने १६ वटा सवारी साधन कारवाहीमा परेका हुन ठुला सवारी सिट थपका ६ वटा प्रयोजन बिपरीत भाडामा यात्रु बोकेका ८ वटा ध्वनी प्रदुषण तथा स्वरुप परिवर्तन गरिएका मोटर साईकल २ वटासवारी साधनलाई जरिवाना तथा अन्य कारबाही गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले पछिल्ला दिनहरूमा दुर्घटना न्यूनीकरणलाई उच्च प्राथमिकता दिँदै आएको छ । प्रहरी उपरीक्षक खत्रीका अनुसार, सडक सुरक्षाका लागि आवश्यक नियम कार्यान्वयन गर्न कुनै पनि प्रकारको सम्झौता नगरिने र ट्राफिक नियम पालना गर्न अनिवार्य गराइने बताउनु भएको छ ।
ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसअन्तर्गत सवारी चालक तथा यात्रुलाई ट्राफिक नियमबारे जानकारी चालक तथा सह चालकहरुको स्वास्थ्य परिक्षण । साथै, ट्राफिक नियम उल्लङ्घन गर्नेहरू माथि थप निगरानी बढाउँदै सक्दो कारबाही गरिने प्रहरी उपरिक्षक खत्रीले बताउनु भयो ।