वाणगंगा नगरपालिका वडा नं. ३, कपिलवस्तुमा रहेको राजापानी सामुदायिक बन उपभोक्ता समूहको कार्यालयमा स्थानीय उपभोक्ताहरूले तालाबन्दी गरेका छन ्। उपभोक्ताहरूले बन समितिद्वारा काठ कटान बिक्रि बितरण देखि अन्य विभिन्न गतिविधिमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै विरोध स्वरूप कार्यालयमा तालाबन्दी गरेका हुन ।
उपभोक्ताहरूका अनुसार सामुदायिक बन समितिले आर्थिक हिसाब–किताब पारदर्शी रूपमा सार्वजनिक नगरेको र बन व्यवस्थापनमा मनोमानी ढंगले निर्णय गर्दै आएको आरोप लगाएका छन् । समितिले हरेक वर्ष ३०/४० लाख रुपैयाँ घाटा देखाउने गरेको आरोप उपभोक्ताहरूले लगाएका छन् । उपभोक्ताहरूले बनको आम्दानीको स्पष्ट हिसाब सार्वजनिक गर्न माग गरेका छन्।
राजापानी सामुदायिक बन कपिलवस्तुको एक प्रख्यात सामुदायिक बन हो यो बन पर्यटकीय स्थलका रूपमा परिचित छ । यहाँ हरेक वर्ष हजारौं मानिसहरू वनभोज तथा प्राकृतिक सौन्दर्य अवलोकनका लागि आउने गर्छन ्। उपभोक्ताहरूले बन समितिले पर्यटक तथा अन्य स्रोतहरूबाट प्राप्त आम्दानीको उचित हिसाब नराखेको दाबी गरेका छन्।
बन समितिको काम कारबाहीमा असन्तुष्टि जनाउँदै उपभोक्ताहरूले कार्यालयमा तालाबन्दी गरेका छन ्। उनीहरूले अनियमितताको छानबिन गर्न माग गर्दै सम्बद्ध निकायहरूलाई कारबाहीका लागि दबाब दिएका छन् । उपभोक्ताहरूले बन समितिमा रहेका पदाधिकारीहरूको बर्खास्ती र नयाँ समिति चयन गर्नुपर्ने मागसमेत गरेका छन्।
यस विषयमा स्थानीय प्रशासन तथा वन कार्यालयले हालसम्म कुनै ठोस कदम चालेका छैनन् । उपभोक्ताहरूले यदि समयमा नै अनियमितताको छानबिन नगरिए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्।