वाणगंगा नगरवपालिका वडा नं. ३ को प्रशासनिक भवनको समुद्घानट कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको प्रशाशनिक भवन गंगौलियामा सम्पन्न भएको केही समय भएता पनि प्राबिधीक कारण बस समुद्घान हुन नसकेको थिएन । भवनको सोमबारका दिन बिधिबत रुपमा उद्घाटन भएको हो भवन १ करोड ४० लाखको लागतमा उक्त भवन सम्पन्न भएको हो ।
प्रशासनिक भवनको समुद्घानट गर्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले श्री पन्चमी तथा सरस्वती पुजाको अवसर पारि भबनको शुभ साईतको समय हेरेर उद्घाटन गरिएको नगर प्रमुख अर्यालले बताउनु भयो । बडा कार्यालय बिगतमा भाडाको घरमा कोठा लिएर संचालनमा रहेका कारण सेवा प्रवाहमा निकै कठिन रहेको बताउदै यो भवन निर्माण भए पछि बडा वासीले सहज रुपमा सेवा लिन सक्ने बताउनु भयो । यसको उद्घाटन संगै यसको बिबिधकाम केही बाकी रहेका कामलाई तत्काल सम्पन्न गरि आधुनीक प्रबिधीको प्रयोगबाट सेवा प्रबाहलाई थप व्यवस्थीत बनाईने प्रतिबद्धता व्यक्त गर्नु भयो भयो ।
बाणगंगा नगरपालिका ३ का वडाध्यक्ष टेक बहादुर झेडी मगरले हालसम्म भाडा रहेको वडा कार्यालयबाट वडाले सेवा प्रवाह गर्दै आएको स्मरण गर्नु भयो। उहाँले उद्घाटन गरिएको अत्याधुनिक भवनबाट वडाले गुणस्तरिय र प्रविधिमैत्री सेवा प्रवाह गर्ने बताउनु भयो । उहाँले वडाको नयाँ प्रशासनिक भवनको उद्घाटन भएसंगै थप काम गर्ने उर्जा थपिएको बताउनु भयो ।
भाडाँमा रहेको वडा कार्यालयमा सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिका लागि पर्याप्त स्थान नहुँदा समस्या झेल्नुपरेको तर अब उक्त अवस्था अन्त्य भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगरको अध्यक्षता वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता , नगर उप प्रमुख रिता कुमारी चौधरी, बडा नं. ७ का वडा अध्यक्ष बिष्णु गिरी ,वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेल लगायत स्थानीय वडाबासीहरुको उपरुथीती रहेको कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीको स्वागत नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।