सरस्वती पुजा तथा श्रीपन्चमीको अवसरमा वाणगंगा नगरपालिका वडा नं. १ मा रहेको जितपुर मन्टेश्वरीको भवन समुद्घाटन भएको छ ।
वाणगंगा नगरपालिका वडा नं. १ जितपुर कपिलवस्तुमा रहेको नब निर्मित भवनको वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्तपाणी अर्यालले गर्नु भएको हो ।
उद्घाटन समोरोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी अर्यालले वाणगंगा नगरपालिकामा सुबिधा सम्पन्न मन्टेश्वरी स्कुल बिगत २०७५ साल देखि सञ्चालनमा रहेर स–साना नानी बाबुहरुको समुज्व भविश्य निर्माणको गन्तव्यका रुपमा अगाडि बढेकोमा मन्टेश्वरीलाई धन्यवाद समेत व्यक्त गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने काम गरेको बिषयमा आफु जानकार रहेको अवगत भएको बताउदै यस्ता शैक्षिक संस्था भनेका नगरका गहना भएका कारण यसको संरक्षण गर्नु नगरको पनि दायित्व रहेको उल्लेख गर्नु भयो । आगामी दिनमा आफनै सुबिधा सम्पन्न भबनबाट थप व्यवस्थीत रुपमा स–साना नानि बाबुहरुलाई शिक्षा प्रदान गर्नका लागि आग्रह गर्दै मन्टेश्वरीको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रममा जितपुर मन्टेश्वरीका अध्यक्ष असिम क्षेत्री कडेलले स– साना नानि बाबुहरुलाई समुचित शान्त मनोरम वातावरणका साथमा खेल्दै सक्दिैको सुबिधा रहेको मन्टेश्वरीमा बिगतमा सोही मन्टेश्वरीमा अध्यन गरेका बिद्याथीले अन्य बिद्यालयमा गएर पनि उत्कृष्ट नतिजा ल्याउने गरेको बताउदै आ –आफना नानि बाबुहरुलाई ढुक्कका साथ भर्ना गर्नका लागि आग्रह गर्नु भएको थियो । उहाँले बालबालिकाहरुको मनोविज्ञानलाई बुझेर मन्टेश्वरीले आफ्ना शैक्षिक तथा सिर्जनात्मक क्रियाकलाप संचालन गर्दै आएको बताउनु भयो । उहाँले अभिभावकको पहिलो रोजाईमा जीतपुर मन्टेश्वरी पर्नुको मुख्य कारण पारिवारिक वातावरण नै भएको बताउनु भयो । उहाले अभिभावकको विश्वासलाई कायम गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । भने सरस्वती पुजाको अवसरमा ५० जना नानी बाबुहरुको भर्ना गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा जितपुर मन्टेश्वरीका अध्यक्ष असिम क्षेत्री कडेलको अध्यक्षता वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता ,कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री , कपिलवस्तु उद्योग वाणिज्य संघका निर्बमान अध्यक्ष डोलकराम घिमिरे ,पुर्ब अध्यक्ष उमानाथ पौडेल ,व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल,समाज सेवी सुर्य बराल ,सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका सचिव गणेश पोख्रेल, पत्रकारहरु हरि घिमिरे, सरिता थारु,सागर बिक समाज सेबी टोपनारायण बेल्वासे लगायतको आतिथ्यता रहेको कार्यक्रममा मन्टेश्वरीका पुर्ब संचालक शुशिल पौडेलको स्वागत मन्तव्य रहेको थियो । भने कार्यक्रमको सञ्चालन पुर्ण चन्द्र परियारले गर्नु भएको थियो ।