राष्ट्रिय बाणिज्य बैंक बाणगंगा शाखा कपिलवस्तुले आफ्नो ६० औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरको छ ।
बैंकले विभिन्न क्षेत्रका उद्योगी ,ब्यापारी निक्षेपकर्ता हरूलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश बहादुर क्षेत्रिले कार्यक्रमलाई सम्बोधन गर्दै ६० औ बार्षिक उत्सबको शुभकामना व्यक्त गर्दै उहाँले बैंक ले कर्जा मात्र हैन ब्यवसायि हरूलाइ बिबिध पक्षमा सल्लाह प्रदान गरि सहयोग गरिरहेको र विषम परिस्थितिमा समेत बैंकले ब्याज लगायतका पक्षमा सहजिकरण गरेको स्मरण गर्नु भयो । साथै युवा जनशक्तिको को उपस्थिति र कामले बैंक राम्रो बन्दै गहिरेको बताउनु भयो । साथै बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत यस क्षेत्रमा पुर्याएको सहयोग को प्रशंसा गर्नु भयो ।
कार्यक्रममा बोल्दै कृषक अर्जुन पोख्रेलले सरकारि बैंकले समय सापेक्ष अन्य उत्कृष्ट बैंकिङ्ग सेवा प्रवाह गरिरहेको र कृषि मा आफुलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराई ब्यवसायलाई अघि बढाउन सहयोग पुर्याएको बताउनु भयो । साथै समय सापेक्ष अझ बढि चुस्त द्रुस्त सेवा प्रवाहमा जोड दिन सुझाव दिनु भयो । साथै अर्का युवा ब्यवासयि खुमानन्द घिमिरेले हाल बैंकमा युवा जनशक्ति रहेको र केही गरौं भन्ने हुटहुटि राष्ट्रिय बाणिज्य बैंकका कर्मचारिहरूमा रहेको ले बजारमा यश बैंकको राम्रो छाप रहेको उल्लेख गर्नु भयो । शाखा सबै कर्मचारि सहयोगि र मिलानसार रहेको ले सवाग्राहि लाई सहज रहेको बताउनु भयो । बैंले ठुला मात्र नभई साना ब्यवासयि लाई समेत समेटेर सेवा प्रावाह गर्नु पर्ने भनी सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक श्री रोमनाथ न्यौपानेले सरकारि बैंक ब्यवसाय सगैं सेवामुखि समेत हुनुपर्ने भन्दै यस बैंकमा ग्राहक संख्या निरन्तर बढ्दै गईरहेको र बैंक संग कारोबार गरिरहनु भएका सम्पुर्ण ग्राहक तथा सरोकारवाला लाई धन्यवाद ज्ञापन गर्नुभयो । बैंकले हाल साना किसान हरूको लागि राष्ट्रिय बाणिज्य बैंक सरल किसान कर्जा अन्तरगत आधार दरमा ०।५५ मात्र प्रिमियम मा सहज रूपमा १० लाख सम्म कर्जा प्रवाह गरिरहेको र एक प्रदेश एक विशेष कृषि कर्जा अन्तरगत लुम्बिनी प्रदेशमा पशुपालन मा आधार दरमा ०।५५ मात्रमा कृषि कर्जा प्रवाह गरिरहेको बताउनु भयो । साथै अन्य ब्यवसायिक कर्जा हरू समेत शुलभ दरमा प्रवाह गरिरहेको बताउनु भयो । साथै कर्जाको सहि सदुपयोगिताले सक्षम ब्यवसाई बन्नु पर्ने धारणा ब्यक्त गर्नु भएको ।
कार्यक्रममा कार्यक्रम बैंकका शाखा प्रबन्धक श्री रोमनाथ न्यौपाने को अध्यक्षता तथा प्रमुख अतिथी कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको प्रमुख आथित्यता सेवा ग्राही,बैंक कर्जा शाखा प्रमुख धुर्ब भण्डारी कर्जाशाखा सहायक शुशिल खनाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनीधीहरुको सहभागिता रहेको थियो । भने कार्यक्रममा स्वागत मन्तब्य श्री भेषब पोख्रेलले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शाखाकी सहायक प्रबन्धक रचना गौतमले सञ्चालन गर्नु भएको थियो ।