नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की आए पछि प्रदेशका तराईका जिल्लाबाट प्रहरी कै सेटिङमा चल्ने तस्करीमा ब्रेक लागेको छ ।
तराईका बिभिन्न जिल्लाबाट धमाधम रुपमा गोरु तस्करी तथा सिमानाकाबाट हुने दाल ,चामल ,चिनी ,लसुन प्याज जस्ता दैनिक उपभोग्य सामाग्री देखि लत्ता कपडा, गाडिका मोटर पार्टस , इलेक्ट्रोनिक्स सामान, टायल मार्वल , लागु औषध ,खसि बोका ,भैसी ,पाडा ,नदि जन्य पदार्थको अवैध चोरी निकासी छिमेकी राष्ट्र भारतबाट राजस्व छलि गरि दैनिक रुपमा तस्करी मौलाएको बेला कार्की लुम्बिनी प्रदेशमा इन्ट्रीले प्रहरी कै सेटिङमा भएको तस्करी रोकीदा अहिले तस्करीमा संलग्न तस्कर संग साठगाठ रहेका प्रहरीका प्रमुखहरु कमाउने सपना तुहिने डरले अहिले छटपटाएका छन ।
जिल्लाका प्रमुखले आफना मातहतका युनिटबाट तस्करी गराएर ठाउँबाट आउने रकम समेत रोकिने अवस्थामा रहेका छन् । सबै भन्दा बडी तस्करी हुने जिल्ला मध्ये तराईका जिल्ला रहेका छन् जसमा पश्चिम नवलपरासी, रुपन्देही ,कपिलवस्तु ,दाङ,बाके र बर्दिया रहेका छन् ।
यि जिल्लामा आउनका लागि जिल्ला प्रमुख प्रहरी उपरिक्षक, प्रहरी नायब उपरिक्षकले नेता देखि मन्त्री देखि गृह सचिव सम्मको पावर लगाएर रकम नै खर्च गरेर मोटो रकम कमाउने आशामा तराईका जिल्लामा आउने र तस्करीहरु संग साठगाठ गरि एक बर्षको समय अवधीमा अबैध रुपमा कालो धन कमाउने गरेको धेरै उदाहरणहरु रहदै आएका छन् ।
कार्की आउन भन्दा केही दिन अगाडी दाङ,कपिलवस्तु,रुपन्देही, पश्चिम नवलपरासीका जिल्लाबाट धमाधम गोरु तस्करी देखी अन्य तस्करीले चरम सिमा नै नाघेको थियो । भने कार्की आए पछि अहिले तस्करी संगै अन्य कुरामा समेत सुधार आएको बिषयमा कार्की आए संगै प्रहरी सुध्रिएको भन्ने बिषयमा जन मत पार्टीका युवा नेता तथा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सिके गुप्ताले लुम्बिनी प्रदेशको संसद मै कार्कीको खुलेर प्रशंसा समेत गरेका थिए ।
प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की नेपाल प्रहरीमा स्वच्छ छवि भएका व्यक्ति हुन उनी आफनो कमाण्डमा जहाँ रहे पनि उनले प्रहरीको आचारण सुधारका बिषयमा हलचल नै मच्चाउ छन् । उनको स्वभावले गर्दा धेरै गलत आचरण भएका प्रहरीलाई असहज बन्नु स्वभाविक नै रहेको छ । पछिल्लो समयमा तस्करीको बिषयमा जिल्लाका प्रमुखहरुले आफना शिभिल परिचालन गरेर फ्याट फुट तस्करी गराउने गरेको एक स्रोतले बताएको छ ।