कपिलवस्तु जेसिजको बर्ष २०२५ का लागि अध्यक्ष ,कार्यकारीणी उपाध्यक्ष, ,उपाध्यक्ष पदमा मनोनयन दर्ताको भएको हो ।
मंगलवार विहान वाणगंगा नगरपालिका वडा नं. १ जेसीज भवनको कार्यालयमा १० बिहान बजे देखि इच्छुक पदमा आफनो योग्यता पुगेका उमेद्धवारले दिउसो २ः३० बजे सम्म मनोनयन दर्ता गर्ने समय रहेको थियो । भने दावी बिरोध तथा मनोनयन फिर्ता लिने समय बेलुका ५ बजे सम्म रहे पनि मनोनयन दर्ता भएका कुनै पनि उम्मेद्धवार मनोनयन फिर्ता नलिएको कपिलवस्तु जेसीजब बर्ष २०२४ का अध्यक्ष प्रबिण पौडेले जानकारी दिनु भयो । यता अध्यक्ष पदमा ४ जनाको उम्मेद्धवारी परेकोमा जनक प्रसाद बेल्वासे , झबिन्द्र खनाल, शुनिल पाण्डे, मदन पौडेल रहेका छन् । अध्यक्ष पदका उम्मेद्धवार बनेकाले आ आफनो धारण राख्दै निर्वाचनमा जानका लागि ४ बटै अध्यक्ष पदका उम्मेद्धवार तयार रहेको बताएका छन् ।
कार्यकारीणी उपाध्यक्ष पदमा रितु खरेल,खिमानन्द घिमिरे,किरण घिमिरे, राजन अर्याल ,कमल घिमिरे रहेका छन् । ५ जना उम्मेद्धवार मध्येबाट २ जना मात्र निर्बाचन प्रक्रिर्यामा गएर चुनिने व्यवस्था छ । उपाध्यक्ष पदमा गरिमा घिमिरे ,निलकमल थारु, श्ंशाक पौडेल ,शुनिल घिमिरे,दिनेश भण्डारी, गरि ५ जनाको उम्मेद्धवारी परेको छ । जस मध्येबाट ४ जना उपाध्यक्ष पदमा चुनिने व्यवस्थारहेको छ ।
मनोनयनको काम दर्ता र अन्तिम नामावली समेत प्रकाशन भएको हुदा बिगतका बर्षहरुमा जस्तै सहमतीको प्रयास पुर्ब अध्यक्षहरुले गर्दै आएको कारण सहमती भए सहमतीमा जाने अन्यथा सहमतिको प्रयास नभएमा निर्वाचनमा प्रक्रिर्यामा गएर तत्काल टुङ्गोमा पुर्याउने निर्वाचन समितीका संयोजक रविराज आचार्यले जानकारी दिनु भयो ।