कपिलवस्तु जेसिजको २५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रवार बाणगंगा १ बैरियामा रहेको जेसिजको आफ्नै भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कपिलवस्तु जेसिज बर्ष २०२४ का महासचिव जनक बेल्वासेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो क्रममा उहाँले कपिलवस्तु जेसिज आफैंमा एउटा खुल्ला विद्यालय भएको बताउँदै युवाहरुलाई ज्ञान, सिप तथा क्षमताको विकासका लागी विभिन्न कार्यक्रम गरेको बताउनु भयो ।
कार्यक्रममा कपिलवस्तु जेसिज बर्ष २०२४ का कोषाध्यक्ष झविन्द्र खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने उक्त कार्यक्रममा कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष सहितका पदाधिकारीहरुले सुझाव दिनु भएको थियो ।
कपिलवस्तु जेसिज २०२४ का अध्यक्ष प्रबिण पौडेलले १८ बर्ष लेखि ४० बर्ष सम्मका युवाहरुलाई तालिमको माध्यमबाट नेतृत्व व्यक्तित्व र उद्यमशिलता बिकास गराउने महान अभिभारा बोकेको यस संस्थाबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउदै आफ्नो कार्यकाल सफल बनाउन साथ सहयोग गर्ने सम्पुर्ण प्रति आभार समेत व्यक्त गरे ।
कार्यक्रममा कपिलवस्तु जेसिज २०२४ का अध्यक्ष प्रबिण पौडेलको अध्यक्षता नेपाल जेसीजब बर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष रमेश चन्द्र भुषालको प्रमुख आतिथ्यता ,पुर्ब अध्यक्षहरु पोष्टराज गौतम,रबिराज आचार्य, गुणानिधी भुषाल , कृष्णराज अर्याल ,गोपालमणी ज्ञवाली ,मनोज कुमार खत्री ,गुरुदेब पौडेल ,अमृत घिमिरे सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका सचिव गणेश पोख्रेल लगायतको आतिथ्यता रहेकोे कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष खिमान्द घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव जनक प्रसाद बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।