कपिलवस्तु हाटबजार व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिई पदभार ग्रहण गरेका छन् । मंगलबार बाणगंगा नगरपालिका– १ बैरियामा रहेको समितिको भवनमा आयोजित एक कार्यक्रममा सपथ लिएसंगै नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरि निर्वाचन मण्डलका संयोजक मुक्तिराम कँडेलले सपथ ग्रहण गराएका हुन् ।
समितिको गत शुक्रबार भएको २०औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट यमलाल बेल्वासेको अध्यक्षतामा पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द पोख्रेल, उपाध्यक्षहरुमा मधु केसी, रत्ना कार्की, देवीप्रसाद बेल्वासे, सचिवमा गणेश कुमार न्यौपाने, सहसचिवमा सरिता केसी, हुम बहादुर बेल्वासे, कोषाध्यक्षमा अब्दुल अजिज सिद्धिकी, कार्यसमिति सदस्यहरुमा खडक बहादुर ठकुरी, आयुसा श्रेष्ठ, विनोद कुमार गुप्ता, कृष्ण बहादुर विष्ट, मैफुज आलम, गुन बहादुर नेपाली, दुर्गा पौडेल, शैलेन्द्र लोध, पिरुल्ला मुसलमान, सिता नेपाली, केशव खरेल, कमला नेपाली र सन्तोषी सारु निर्विरोध निर्वाचित भएका हुन् ।
समितिको संस्थापक अध्यक्ष समेत रहेका निर्वाचन मण्डलका संयोजक कँडेलले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैं समितिमा आवद्ध व्यवसायीहरुको हकहितको पक्षमा वकालत गर्दै काम गर्न आग्रह गरे ।
बाणगंगा नगरपालिका वडा नं.१ का वडाध्यक्ष सन्जुकुमार सारु मगरले समितिसंग वडाले विगतदेखि नै सहकार्य गर्दै बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । सो क्रममा वडाध्यक्ष सारुले लगात साझेदारीमा वडाले समितिका लागि आवश्यक कम्प्युटर उपलब्ध गराउन सक्ने बताए । निवर्तमान अध्यक्ष पवित्रा सोमैले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदैं आफ्नो कार्यकाललाई सफल बनाउन सहयोगहरुलाई धन्यवाद दिईन् । उनले समितिमा संगठित नभएर बाहिर रहेका हाटबजार व्यवसायीलाई गोलबद्ध गर्ने गरि काम योजनाबद्ध रुपमा काम गर्न सुझाव दिईन् ।नवनिर्वाचित अध्यक्ष यमलाल बेल्वासेले आफ्नो टिमले व्यवसायीहरुको अधिकारको संरक्षण गर्दै हकहितमा योजनाबद्ध रुपमा काम गर्ने बताए । उनले व्यवासायीका समस्या समाधान गर्न समितिले आवश्यक कदम चाल्ने जिकिर गरे । अध्यक्ष बेल्वासेले हाजबजारलाई समेक्ष सापेक्ष व्यवस्थित बनाईने बताए ।