नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको कार्यालयमा लागेका ताला खोलिएको बिषयमा बिभिन्न संगठनको आक्रोश व्यक्त गरेका छन् । सदस्यता शुद्धिकरण पछि भएको विवादका कारण २ महिना देखि लगाइएको ताला (सोमबार) नव निर्वाचित कार्य समितीले संगठनहरुको सहमिती विना नै खोलेको हो ।
करिब हप्ता अघि पे्रस यूनियन, प्रेस चौतारी , प्रेस सेन्टर,प्रगतिशिल पत्रकार ,प्रेस मञ्च तथा अवधी पत्रकार संघको समूहले संयुक्त रुपमा तालाबन्दी गरेका थिए ।
संगठनहरुले गरेको संयुक्त तालाबन्दीको बिषयमा कुनै सहमती नगरी शुद्धिकरणको नामामा पत्रकारितामा क्रियाशील रहेका पत्रकार माथि गरेको अन्याय, अत्याचारका बिरुद्धमा बिभिन्न संगठनले महासंघको गम्भीर ध्यानाकर्षण गराउनका लागि तालाबन्दी गर्दै आएको थियो । पत्रकार महासंघको निर्वाचन अगाडी संघठहरुले सहमती गरेर मात्र निर्वाचनमा जानका लागि पटक पटक अनुरोध गरेता पनि निर्बाचन समिती र पत्रकार महासंघको निर्बमान समितीले कुनै पनि चासो नदिई निर्वाचन सम्पन्न गर्यो । नब निर्वाचित कार्य समितीले संगठनहरु र क्रिर्याशिल पत्रकारहरु संग कुनै बार्ता नगरी बल जस्ती रुपमा ताला खोल्ने काम गरेकोमा पे्रस यूनियन, प्रेस चौतार, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार, प्रेस मञ्च तथा अवधी पत्रकार संघले आपती जनाएका छन् ।
निर्वाचन समितीले कपिलवस्तुको तौलिहवामा नब निर्वाचित समितीलाई प्रमाण पत्र गत शनिवार बितरण गरे लगत्तै पद हस्तान्तरण तथा बर बुझारक केही नगरी हतार हत्तारमा त्यही उपस्थीतीमा बैठक बसाल्यो तर त्यो बैठकले अन्यायमा परेका एउटै प्रक्रितिका परेका सक्रिय क्रिर्याशिल पत्रकारका बिषमा भने सदस्यता दिने र नवीकरण गर्ने बिषयमा कुनै निर्णय नगर्दा नब निर्बाचित कार्य समिती झन आलोचित समेत बनेको हो । बैठकमा ताला बन्दी गर्ने संगठनका केही व्यक्ति पनि पत्रकार महासंघको नेतृत्वमा रहेका छन् । बैठकमा तालाबन्दी सहमतीबाट खोलौ भनेर महासंघको कार्य समितीका केही साथीहरुले भन्दा नब निर्वाचित पदाधिकारीले सो तर्फ कुनै चासो नदेखाएर अगाडी बड्न खोज्नुले नब निर्वाचित पत्रकार महासंघका समिती झन बिवादीत कार्यकाल रहने देखिएको छ ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा डिलाराम भुसाल दोश्रो कार्यकालका लागि निर्वाचित भए संगै ताला खुलाउने पहल गर्नका लागि संघठनका साथिहरुलाई बोलाएर सहमती गराउने बिषयमा महासंघका नव निर्वाचित समितीले कुनै पहल नै नगरेको प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाका निर्बतमा अध्यक्ष हरि अधिकारीले बताउनु भयो ।
सहमती बिना ताला खोली बार्ताको मौका समेत नदिने निरंकुस शैलीबाट प्रस्तुत भएर क्रिर्याशिल पत्रकारहरुलाई गैर पत्रकार बनाउने गैर पत्रकारहरुले नेपाल पत्रकार महासंघको नेतृत्व गर्ने हो । भने अव सबै संगठन र क्रिर्याशिल पत्रकार महासंघको बिरुद्धमा खनिएर शसक्त रुपमा तालाबन्दी यथावत कायम गर्दै महासंघका गलत बिषयको लाग्ने र महासंघले क्रिर्याशिल पत्रकारहरुको सदस्यता कायम गर्ने बिषयमा बिभिन्न संघठनहरु संग बार्ता गरि लिखित सहमतीको रुपमा गरेर अगाडी नबडेमा नब निर्बाचित कार्य समितील ठुलो क्षती बेहोर्नु पर्ने बताउदै बिरोका कार्यक्रमहरु यथावत रुपमा अगाडि बडाउने नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका निबर्तमा सभापति गोपाल भण्डारीले बताउनु भयो ।