कपिलबस्तुमा आयोजित चौथौ बुद्धभुमी कृर्षि व्यापारिक पर्यटन तथा औधोगिक प्रदर्शनी मेला २०८१ यहि मंसिर ६ गते देखि १७ गते सम्म सञ्चालनमा रहेको महोत्सव २ दिन थप भएको हा्े । आयोजक महोत्सव स्थलमै खुलेयाम मदिरा बिक्रीको अनुमति दिएको पाइएको हो। ईलाका प्रहरी कार्याल गोरुसिगेको कम्पाउण्ड नजिक रहेको महोत्सवमा प्रहरी नै सिभिलमा जाने र मदिरा सेवन गरेर स्थानीय युवाहरु संग लडाई झगडा गर्ने काम दैनिक रुपमा हुने गुनासो आउदा समेत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजे देखि बेलुका बेलुका ७ बजे सम्म लिखित बिभिन्न सर्तमा महोत्सव संचालनको अनुमती दिएको भए पनि रातको ११ ३० सम्म आयोजकले महोत्सव सचालन गर्ने २ दिन थपेको महोत्सवको प्रवेश शुल्क ८० रुपैयाबाट बडाएर १ सय रुपैया गराएको छ । यसको बिषयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कुनै पनि गुनासो नआएको बताए पनि स्थानीयको व्यापक बिरोध रहेको छ । खुलेयाम मदिरा बिक्री हुदा समेत जिल्ला प्रशासन मौन रहेकोमा यस्तो गतिविधिले बुद्ध धर्मको मूल शिक्षालाई चुनौती दिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
बुद्धभुमी उद्योग बाणिज्य र होटल व्यवसायी संघ कपिलवस्तुको संयुक्त आयोजनामा भएको महोत्सव स्थलमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, तथा अन्य मनोरञ्जनात्मक क्रियाकलाप आयोजना भन्दा पनि खुलेयाम मदिरा बिक्री बितरण गर्ने स्थल अखडा बन्नुले असोभनीय र कानुन बिपरीत भएको भन्दै स्थानीयले आलोचना गरेका छन ।
बिगतका बर्षहरुमा पनि बिभिन्न कारण बिवादित रहदै आएको महोत्सव यस बर्ष मदिरा बिक्रि बितरण गर्ने अखडा बन्दै आएको त छनै । प्रशासनको मौन सर्मथनमा महोत्सव संचालन गर्न दिएको स्थानीयले आरोप लगाउदै आएका छन् ।आयोजकले बुद्ध धर्मकाअनुयायीहरूका अनुसार महोत्सवको मुख्य उद्देश्य बुद्धका शान्ति, अहिंसा, र आत्मसंयमका सन्देशलाई प्रवर्द्धन गर्नु हो, तर मदिरा बिक्री जस्ता क्रियाकलापले महोत्सवको अपवित्रतता खल्बल्याउने काम महोत्सवले गरेको स्थानीयको आरोप छ ।
स्थानीय प्रशासन र कानूनी निकायहरूले यस विषयमा हालसम्म कुनै ठोस कदम नचालेको देखिएको छ । महोत्सव स्थलमा मदिरा बिक्री रोक्नका लागि प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराइएको भए पनि कुनै पनि पहल नभएको स्थानीयको गुनासो छ ।
यता इलाका प्रहरी कार्याललका प्रमुख बिर बहादुर सुनारले सोही बिषयमा आफुलाई पनि जानकारी आए पनि सोही स्थलमा पुगेर सोध बुझ गर्दा स्टलमा होटल संचालन गर्दै आएका व्यवसायीले आफुले मदिराको बिक्रि बितरण नगरेको बताएका छन् ।
महोत्सव संचालन भई रहदा चोरिका घटना दैनिक रुपमा बडेको स्थानियले बताउदै आएका छ्न ।
बुद्धभुमी उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष शुभलाल भुषालले मदिरा र दैनिक रुपमा हुने लडाई झगडा बिषयमा उनी जवाफ विहिन रहदै मदिराकोको बिक्रिबितरण बारेमा कुनै ठोस निर्णय आयोजकले नगरेको प्रष्ट देखिन्छ उनी संग बुझन खोज्दा बाहिर होटलहरुबाट खाएर आएका हुन सक्ने बताउदै अन्यत्र लाग्ने महोत्सवहरुमा मदिराको बिक्रि बितरण हुने गरेको उदाहरण दिदै बुद्धभुमी महोत्सवमा त्यस्तो नभएको भन्दै मदिराको बिक्रिबितरणलाई संरक्षण गर्न खोजे जवाफ दिए ।