नेपाल पत्रकार महासंघ संघकपिलवस्तु शाखा अध्यक्ष किरणमान बज्राचार्यले केन्द्रीय कार्य समितीको लेटर प्याडको दुरुपयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति संचारग्राम काठमाण्डौले कपिलवस्तु जिल्लाका महासंघका सदस्यहरुको नाम पठाएको लेटर प्याडमा जिल्ला अध्यक्ष बज्राचार्यले हस्ताक्षर गरि लेटर प्याडको चरम दुरुपयोग गरेको पाईएको छ । उनको हस्ताक्षरले केन्द्रिय अध्यक्ष भएको प्रमाणित स्वघोषणा गरेका छन् । महासंघको जिल्ला कार्यसमिति र संगठनहरु बीच सदस्य शुद्धिकरणमा विवाद छताछुल्ल भएपछि जिल्ला कार्यसमितिको बहुमत पुर्याउन पदाधिकारी र सदस्यहरुको घरघरमा पुगी हस्ताक्षर गराएका छन् । सोहि क्रममा मापदण्ड विपरित कृयाशिल सदस्य हटाएको, सकृयलाई नसमेटेको र जिल्ला कार्यसमितिको निर्णय कार्यान्वयन नगरेको विषयमा कार्यसमितिका ९ जना पदाधिकारी सदस्यहरुले सो निर्णयको विरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष बज्राचार्यले आफनो मनोमानी ढगंबाट क्रियाशिल पत्रकारको नाम कटौती गरी बिभिन्न पेशा व्यवसाय गर्ने गैर पत्रकारलाई आफनो स्वार्थका लागि बज्राचार्यले सदस्यता दिने र महासंघ नाम बेचेर महासंघ कपिलवस्तु शाखाको गरिमा धमिलाउने काम बाहेक उनले केही काम नगरेको आरोप छ । उनले महासंघको अध्यक्षको पद दुरुपयोग गरी बिभिन्न सरकारी कार्यालयबाट बिज्ञापन उठाउने गरेको आरोप छ । बिभिन्न मिडिया हाउसको नाममा बिज्ञापन प्रसारण, प्रकाशन बापतको रकम नदिएको भन्दै जिल्लाका मिडिया हाउसले असन्तुष्टी व्यक्त गरेका छन् । बज्राचार्यका कारण नेपाल पत्रकार महासंघको तौलिहवा शाखामा रहेको भबन प्रयोग बिहिन र जिर्ण बन्दै गएको छ । अहिले नेपाल पत्रकार महासंघको कार्यालय अध्यक्ष बज्राचार्यको झोलामा रहेको छ । उनको कार्यकालमा दुई पटक साधारणसभा हुनु पर्नेमा एक पटक मात्र गरेकोले साधारण सभा नगर्ने शाखाको रुपमा आलोचित शाखा अध्यक्षको रुपमा उनी केन्द्र सम्म बिवादित रहदै आएका छन् । उनी महासंघको हित भन्दा पनि व्यक्तिगत लाभमा संगठनलाई कमजोर बनाउने गरी आफनो कार्यकाल अहिले सम्मकै कमजोर रुपमा रहेको पत्रकारहरुको बुझाई छ ।