बुद्ध सामुदायिक वन उपभोक्ता समुह सितगंगा नगरपालिका १४ बठेनी, अर्घाखाँचीमाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभालार्ई सम्बोधन गर्दै प्रमुख अतिथि सितगंगा नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दामोदर न्यौपानेल सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा जनताको सक्रिय सहभागिता र समन्वयको महत्त्वलाई विशेष जोड दिनु भएको थियो । वन तथा वातावरण संरक्षणमा समुदायको भूमिका अझ महत्वपूर्ण भएको र भविष्यमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कुरामा सबै उपभोक्ता एक भएर लाग्नका लागि आग्रह समेत गर्नु भयो ।
कार्यक्रमका बिशिष्टि अतिथी वाणगंगा सव डिभिजन बन कार्यालयका बरिष्ठ बन अधिकृत अर्जुन प्रसाद चापागाईले सामुदायिक बनको आम्दानीले आफनो समुदायको विकासमा ठुलो टेवा पुर्याको हुदा यसको संरक्षण गर्नका लागि उपभोक्ता आफै लागि पर्ने बताउनु भयो । सामुदायिक बनले आफना उपभोक्तालाई स्वरोजगार बनाएर समाज एउटा राम्रो उदाहरण दिएको कुरा बताउदै उत्पाद मुखी र स्वरोजगार हुने खालका कार्यक्रम ल्याउनका लागि अनुरोध समेत गर्नु भयो ।
साधारण सभाको अवसरमा सामुदायिक बनका उपभोक्ता मध्येबाट अंपाग,एकल महिला जेष्ठ नागरिक लाई दोसल्ला ओडाएर सम्मान व्यक्त गरिएको थियो भने, गरिव जेहेन्दार ३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदानगरिएको थियो ।
कार्यक्रमको अध्यक्षता बुद्ध सामुदायिक वन उपभोक्ता समुह की अध्यक्ष दिलमाया पुनले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता सितगंगा नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष दामोदर न्यौपाने ,विशष्टि अतिथी वाणगंगा सव डिभिजन वन कार्यालयका कार्यालय बरिष्ठ बन अधिकृत अर्जुन प्रसाद चापागाई ,नेपाली कांग्रेका नगर सचिव कमल ढकाल , सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका सचिव तथा रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल ,नेपाली कांग्रेस वडा समिती सभापति धन बहादुर पुन नेकपा एमाले वडा कमीटी अध्यक्ष लोकनाथ खनाल ,पावरा सामुदायिक बनका अध्यक्ष चुमा गाहा , वाणगंगा सामुदायिक बनका अध्यक्ष माया बैजाली, रमडीय सामुदमयिक बनका कोषाध्यक्ष बालकृष्ण पाण्डे लगायत संघ सस्थाका प्रतिनीधीहरुको उपस्थीती रहेको स्वागत मन्तव्य समुहका उपाध्यक्ष थमन ताम्राकारले गर्नु भएको थियो ।
भने समुहको गतिबीधीका बारेमा जानकारी समुहका सचिव प्रेम बहादुर थापाले गर्नु भएको थियो । समुहको आर्थिक प्रतिबेदन समुहका कोषाध्यक्ष कुल बहादुर ढेडीले प्रस्तुत गर्नु भएको कार्यक्रमको सञ्चालन थमन राष्कोटीले गर्नु भएको थियो ।