कपिलवस्तु जिल्लाको बाणगंगाको राजापानी, पिपरा, गजेहडा, ४ नं. बनगाई मोतिपुर डाडा जिनुवा ,लक्ष्मनघाट बुद्धभूमिको बजार क्षेत्रका होटल, बडहरा इमिलीया , बिरपुर ,पथ्थरकोट, शिवराजको क्यासिनोमा निवार्ध रुपमा नेपालीको प्रबेश , चन्र्दौटा बजार क्षेत्रका होटल तथा शिबपुरका होटलहरुमा, कपिलवस्तु नगरपालिकाको तौलिहवा बजार क्षेत्र जग्दीसपुरमा यस वर्ष खुलेआम रूपमा जुवा खाल सन्चालन हुँदै आएको देखिएको छ । होटल, घर–घर, र अन्य गोप्य स्थानमा लाखौं रकमको जुवा खेल्ने खाल सन्चालन भइरहँदा प्रहरी प्रशासनको भूमिका निकै कमजोर देखिएको छ । कानून व्यवस्था र शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने प्रहरीको निष्क्रियता र मौनताले शान्ति सुरक्षा प्रतिको जनविश्वासमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
यस वर्ष गाउँ–गाउँ र टोल–टोलमा जुवा खेलहरूमा केही व्यक्तिले आफुले प्रहरी संग सेटिङ्ग मिलाउने भन्दै ठाउँ ठाउँका खालका मोटो रकम उठाउने गरेको एक स्रोतले जानकारी दिएको छ । विगतका बर्षमा कपिलवस्तुबाट लाखौ लाख सहित जुवाका खालबाट जुवाडे पक्राउ परे पनि दशै देखि तिहार सकिदा सम्म जुवाडे एकादशीको दिन सम्म खुलेयाम रुपमा सल्वलाउन सक्ने सम्भावना रहेको छ ।
प्रहरी प्रशासनको यो मौनता र निश्क्रियताका कारण स्थानीयले विभिन्न आशंका गरेका छन्। कतिपय स्थानीयको भनाइमा, यस्ता जुवाका खालहरूबाट प्रहरीले आर्थिक प्रलोभनमा परेका कारण पनि सुचना प्रहरीले कुनै पनि एक्सन लिन नसकेको स्थानीयले आरोप लगाउदै आएका छन् ।
प्रहरी प्रशासनले यस्ता गतिविधिलाई नियन्त्रण गर्न चासो नदेखाउनुले गैरकानुनी कार्यहरूलाई प्रोत्साहन दिइरहेको र कानूनी र शान्ति सुरक्षा प्रति जनताको विश्वास गुमाउँदै गएको अवस्था छ ।
यस प्रकारको जुवातास खेल समाजका विभिन्न क्षेत्रमा नकारात्मक असर पारेको छ । आर्थिक समस्यामा रहेका मानिसहरू, विशेष गरी युवाहरू, यस्ता खालहरूमा संलग्न हुँदा उनीहरूको आर्थिक स्थिति झन् कमजोर भएको देखिन्छ । साथै, पारिवारिक सम्बन्धमा तनाव, मानसिक स्वास्थ्यमा असर, र आपराधिक गतिविधिहरूको सम्भावना बढेर गएका छन्।
वाणगंगा, बुद्धभूमि, शिवराज, र कपिलवस्तु नगर क्षेत्रका विभिन्न होटल, रेस्टुरेन्ट तथा घर–घरमा लाखौ लाखका जुवा खाल सञ्चालन हुदा प्रहरीको मौन समर्थनले स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् । यसरी गैरकानुनी कार्यहरूलाई प्रश्रय दिइनु कानूनी व्यवस्थामा ठूलो चुनौती बनेको छ ।
यो मुद्दालाई नजरअन्दाज गर्नाले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिन गम्भीर कठिनाइ हुने भएकाले प्रहरी प्रशासनले तत्काल कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ । तत्काल कुनै ठोस कार्य नगरेको खण्डमा कपिलवस्तु क्षेत्र अवैध गतिविधिहरूको केन्द्र बन्दै जाने र समाजमा अपराधको दर बढ्दै जाने जोखिम रहेको छ। प्रहरी प्रशासनले कानून पालना गराउन सक्ने, शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्ने र जनताको विश्वास जित्न सक्ने गरी काम गर्न आवश्यक रहेको स्थानीयले आग्रह समेत गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मोहनमणी अधिकारीले यस बर्ष जुवाका खाल फेला नपरेको र कोही पक्राउ नभएको जानकारी दिनु भएको छ ।