रचना क्षेत्री
अर्घाखाँची को शितगंगा नगरपालिका वडा नं १३ का लक्ष्मण क्षेत्री पछिल्लो समय गायन क्षेत्रमा जमेका छ । अर्घाखाँचीको शितगङ्गा १३ सिमलपानी को एकदमै विकट ठाउमा मा जन्मिएका क्षेत्री सानै देखि गित सङ्गितमा अत्यन्तै रुचि राख्थे । लोक गित भनेपछि हुरुक्कै हुने क्षेत्री लाई अहिले लोकप्रिय गायक साथै मोडलको रुपमा चिन्न सकिन्छ ।
भौगोलिक क्षेत्रका आधारले देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिका को एकदमै विकट गाउमा जन्मीएका क्षेत्रीले यहा सम्म आईपुग्दा धेरै दुख कष्ट वेर्हाेनु परकोे वताउछन ।
विद्यालय पढ्दा सामान्य लोकदोहोरि बाट गायन सुरु गरे पनि यसरी लोक दोहोरीदेखि लोक दशै हुँदै यहाँ पुग्छु भन्ने आफैलाई पनि थाह थिएन क्षेत्रीले गाउँमा हुँदा कलाकार बन्ने सपना चाहिँ देखेका थिए । तर सफल हुन्छ कि हुँदैन भन्ने चिन्ताले क्षेत्रीलाई सधैँ पिरली रहेको थियो । करिव ३ वर्ष जति विदेशमा पसिना वगाएर आफनै देशमा आएर पुन गित संगितलाई निरन्तरता दिएका छन ।
विद्यालय पढ्न जाँदा होस् या मेलापातमा जाँदा दुर्गममा सुनिने एकमात्र रेडियो बाट बज्ने लोकगिदका कार्यक्रम भलाकुसारि नछुटाई सुन्ने गर्थे । आफ्नो रुचि कलाकार बन्ने भएकाले रेडियो को लोकप्रिय कार्यक्रममा गाउन सुरु गरेका थिए । पहाडि जिल्ला, शान्त भूमिमा २०५२ सालमा जन्मिएका क्षेत्रीको स्वर पनि सुनौँ सुनौजस्तो लाग्छ । एकान्त गाउँमा देखेको सपना पूरा भएको सुनाएका छन ।
बुबा निम बहादुर भाट क्षेत्री र आमा एकुमाया भाट क्षेत्रीको कोखबाट जन्मिएका क्षेत्री तीन दाजु भाइ र तीन दिदी बहिनी मध्य माइलो छोरा हुन क्षेत्री । अन्य कार्यकम्रमा सहभागिता जनाउदै आए पनि औपचारिक रूपमा कलाकारिता क्षेत्रमा प्रवेश भने २०७६ सालमा गरेका थिए । सुरुमा विगत, तिमि विना , प्रदेशि,र अहिको दशैको गिद कथा प्रदेसिको लगाएत थुप्रै राम्रो गीत गाएर गायिकको सूचिमा पर्नुभएका क्षेत्रीकोे अहिलेसम्म थुप्रै गीत बजारमा आएका छन् । एल्वमका गिद मात्र नभएर लाईभ दोहोरि मा पनि उत्तिकै सक्रिय छन ।