रचना क्षेत्री
यस वर्षको बडादशैँ आजदेखि शुरू भएसँगै बडादशैँको पहिलो दिन आज वाणगंगाा ८ वोडगाउ स्थित नवदुर्गा भवानी मन्दिर समितिले वालापुरमा नवदुर्गा भवानीको मुर्ती स्थापना गरेको छ । शानता चौधरिको अध्यक्षता वाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष वावुराम अर्यालको प्रमुख आथित्यता मा रिवन काटेर कलमा दियो वालेर कार्यकम्रको उद्धघाटन गर्नु भएको थियो ।
घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना दुर्गा भगवतीका मठ मन्दिरको सरसफाई गरी विधिपुर्वक घटस्थापनाको कार्य सुभारम्भ गरेको छ । असत्य माथि सत्यको विजय भएको मा विजया दसमिको दिन टिका जमरा लगाएर हर्ष उल्लासका साथ मनाउन मुर्ती स्थापना गरिएको हो ।
शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने आजको दिनलाई दशैँको विशेष दिनका रुपमा समेत लिने गरीन्छ । उक्त कार्यकम्रमा प्रमुख अथिती तथा वाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष वावुराम अर्यालले जुगौजुग देखि संकृतीको जर्गेना गर्दै भाईबन्धुको सामाजिक संरक्षण,सामाजिक परम्परा उजागर गर्नेु भएकोमा टोल वासि सम्पुर्णलाई धन्यवाद दिनुभएको छ । साथै सवै मिलेर मात्र एकिकृत रुपमा विकास गर्न सकिने वताउनु भयो । साथै कार्यकम्रमा नवदुर्गा भवानी मन्दिर समितिका का अध्यक्ष शान्ता चौधरी, वोडगाउ टोल विकाश सस्थाका अध्यक्ष यमलाल पोख्रल ,नवप्रभात सामुदायिक वनका अध्यक्ष डिललीराज रेग्मी, लगायत टोल वासिको वाक्लो उपस्थ्तिी थियो ।