राष्ट्रियताको पहरेदार, लोकतान्त्रिक आन्दोलनको योद्धा, सामाजिक परिवर्तनको सम्वाहक तथा नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० कपिलवस्तुले कपिलवस्तुमा रहेका ९प्याब्सन र एन प्याब्सन० लाई ज्ञापन पत्र बुझाएको छ ।
कपिलबस्तु भित्रका प्याब्सन र एन प्याब्सनमा आवद्ध विद्यालयहरुका बसहरुले सिट क्षमता भन्दा बढी विद्यार्थीहरु बोकी हिडेको, विभिन्न शिर्षकमा अतिरिक्त शुल्क उठाउने गरेको, कक्षाकोठा र विद्यार्थी संख्याको अनुपात नमिलेको, क्यान्टिनको सरसफाई नास्ताको मूल्य र परिमाणको अनुपात नमिलेको जस्ता थुप्रै विषयहरुमा व्यापक जनगुनासो आएको हुदाँ, उक्त जनगुनासो प्रति अनेरास्ववियु कपिलवस्तुले ध्यानाकर्षण गराएको अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष सुदिप खनाललले जानकारि दिनुभयो ।
। साथै प्याब्सन र एन प्याब्सनले विद्याथिको शैक्षिक कुनै कमि नआउने गरि जनगुनासोलाई अविलम्व गरि मातहतका विद्यालयहरुमा सुधार गर्नका लागि निर्देशन दिन पनि पत्र मार्फत अनुरोध गरेकोे अनेरास्ववियु कपिलवस्तुका जिल्ला उपाध्यक्ष प्रकाश न्यौपानले बताउनु भयो । ज्ञापनपत्र बुझदै एन प्याब्सन का अध्यक्ष सुन्दर पान्डेले अनेरास्ववियुले उठाएको कुरा एकदमै सह्ररायिन रहेको वताउदै यस्ता समस्यालाई छिटै समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उक्त ज्ञापनपत्र अनेरास्ववियु कपिलवस्तुका कार्यबाहक अध्यक्ष सुदिप खनाल, अनेरास्ववियु कपिलवस्तु का उपाध्यक्ष प्रकाश न्यौपाने, अनेरास्ववियु कपिलवस्तुका सचिव पशुपति गिरि र अनेरास्ववियु कपिलवस्तुका सहसचिव अश्विन केसिको उपस्थ्तिीमा ज्ञापन पत्र बुझएको अध्यक्ष सुदिप खनालले बताउनु भएको छ ।