वाणगंगा नगरपालिका वडा नम्बर ८ मा टोल स्तरीय बिस्तारित बैठक सम्पन्न भएको छ । वडाका सम्पुर्ण टोल विकास संस्थाको बैठक बसि विभिन्न विकास योजनाहरू, समस्याहरू र आगामी कार्य योजना बारे छलफल गरिएको वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बावुराम अर्यालले जानकारी दिनु भयो ।
वडा अध्यक्ष अर्यालले बैठकको उद्देश्य स्थानीय समुदायको सहभागिता र सल्लाहलाई ध्यानमा राखेर विकासका गतिविधिहरूलाई थप प्रभावकारी बनाउनु रहेको बताउनु भयो । उहाँले टोलका मुद्दाहरूमा जनताको सुझाव र समाधानको लागि वडाको तर्फबाट पहल गरिने विश्वास दिलाउनु भयो । बैठकमा सामुदायिक विकास, सरसफाई र शिक्षा लगायतका महत्वपूर्ण विषयहरूमा विचारविमर्श गरिएको थियो । स्थानीय बासिन्दाले पनि आफ्ना समस्याहरू र सुझावहरू प्रस्तुत गर्दै विकासको प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकमा चोरी डकैति नियन्त्रण, टोलमा चोरी डकैतीको समस्या नियन्त्रण गर्नका लागि विशेष अभियान असोज १६ गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दीप बोरिङको सरसफाईस् वडा भित्रका सबै टोलमा रहेका दीप बोरिङको सरसफाई गर्ने योजना बनाइएकोले यस कार्यमा स्थानीय वडा बासिको सहयोग अपेक्षा रहेको बताइएको छ ।
यस्तै उक्त कार्यमकमा असोज ८ गते विहान ९ वजेबाट वाणगंगा आर्युवेद औषधालयमा विशेषज्ञ डाक्टर सहितको शिविर महिनाको २ दिन सञ्चालन हुने र नगरप्रमुख चक्रपाणि अर्यालले शुभारम्भ गर्ने अर्यालले वताउनु भयो । लागुऔषध नियन्त्रण अभियान, लागुऔषध नियन्त्रणमा सहयोग गर्न सबै टोल संस्था र प्रहरीको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । २०८१ र ०८२ को योजनाहरूलाई समयमै सम्पन्न गर्नका लागि असोज २३ गते भित्र समिति गठन गर्ने कार्यक्रम रहेको अध्यक्ष अर्यालले वताउनुुभयो । असोज १७ गते, एक बजे देखि तीन बजे सम्म सामुदायिक भवनमा दशै तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने निर्णय भएको छ । अध्यक्ष अर्यालले सबै स्थानीय बासिन्दालाई यस्ता कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै, सामुदायिक विकासका लागि एकजुट भएर काम गर्नु पर्ने कुरामा जोड दिनुभयो । यस्ता कार्यले वडा नं ८ लाई अझ समृद्ध र सुरक्षित बनाउन मद्दत गर्ने विश्वास गरिएको भन्दै अध्यक्ष अर्यालले सबैका योगदानलाई सराहना गर्दै, वडालाई थप समृद्ध बनाउने दिशामा काम गरि रहनुपर्ने आवश्यकता औँल्याउन ुभयो । यसै गरी, आगामी दिनमा यस्ता बिस्तारित बैठकहरूको निरन्तरता दिदै लैजाने वडा अध्यक्ष अर्यालले बताउनु भयो । बैठकमा स्थानीय बासिन्दा, प्रतिनिधि र वडा कार्यालयका सदस्यहरूको पनि सहभागिता रहेको थियोे ।
((