सुन्नती अन्तराष्ट्रिय फाउन्डेसनको चौथो अन्तराष्ट्रिय मेघा सुन्य सभा वुद्ध जन्म स्थल लुम्विनीमा सम्पन्न भएको छ । लुम्विनी विकास कोषको सभाहल मा शनिबार सम्पन्न भएको कार्यक्रममा नेपाल र भारतका गरि ५ हजार भन्दा वढि मानिसको सहभागिता रहेको थियो । जसमा उपस्थीत सहभागिलाई वुद्धज्ञान् विपश्यनाको वारेमा वताईएको थियो ।
उक्त विपश्यना कार्यक्रममा डॉ। लिम सिओ जिन सम्बोधन रहेकोमा डॉ। लिमको स्वास्थ्य समस्याले गर्दा उनले मलेशिया वाटै अनलाईन मार्फत कार्यक्रम संवोधन गरेका थिए । डा लिम सिओ जिन लाई ध्यानचार्य नागाजिवा पनि भन्ने गरिन्छ उनी सफल ब्यवसायी तथा डि।एक्स।एन का सस्थापक पनि हुन । कार्यक्रममा उनले वुद्धले वुद्धत्व प्राप्तिका लागि लनेकौ कठोर साधना गर्दा पनि उपलब्धि नभएको अवस्थामा गौतम वुद्धले विपश्यना ध्यानको विकास गरे र विशिष्ट ध्यान पश्चात ज्ञान प्राप्त गरेको कुरा वताएका थिए । उक्त कार्यक्रममा उनले वुद्धले ज्ञान प्राप्त गरे पश्चात विश्व भरि शान्ती र समृदिको मार्गको वारेमा गरेको कामको जानकारी गराएका थिए ।
विपश्यना कार्यक्रमलाई अन्य स्थानमा नगरेर लुम्विनीमा गर्नुको प्रमुख उदेश्य भनेकै विश्व भरि शान्तिको वाटोमा हिडन प्रेरित गर्ने भगवान गौतम वुद्धको जन्म स्थल लुम्विनी रहेकाले पनि सोे कार्यक्रम लुम्विनीमा गरिएको सुन्नती अन्तराष्ट्रिय फाउन्डेसनका डाइरेक्टर डा राजेश सभेराले वताएका थिए ।
लुम्विनीमा भएको उक्त विपश्यना कार्यक्रममा डॉ। राजेश सेवर,मनिराम खडका,सावित्रि सुनवार र मोहम्मद रफिक लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।