रचना क्षेत्री
कपिलबस्तु
रानाभाट भाट समाज जिल्ला कार्य समिति कपिलबस्तुले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको नजिकै आईरहदा दिदिबहिनी भेटघाट ,शुभकामना आदान प्रदान तथा दर खाने कार्यकम्र सम्पन्न गरेको छ । यसै सन्र्दभमा रानाभाट भाट समाज जिल्ला कार्य समिति कपिलबस्तु का अध्यक्ष तथो कार्यकम्रका अध्यक्ष श्रिmषेश्वर भाट क्षेत्रीले महिलाहरूको महान पर्वको रूपमा रहेको तिजमा नचाहिदो ,फजुल खर्च (भड्किलो नगरी सामन्य रूपमा मनाउन सबैमा अनुरोध गर्नुभएको छ ।
शुक्रवार रानाभाट भाट समाज जिल्ला कार्य समिति कपिलवस्तुद्वारा आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्दै रानाभाट भाट समाज नेपाल लुम्विनी प्रदेसकाका सचिव मादव भाट क्षेत्रीले परम्परागत रूपमा चेली ,माइतीको सम्बन्धलाई लिएर गाइने गितहरू हराउन नपाओस र तिजको महत्त्वलाई सबैले बुझ्न सकुन भन्ने उद्वेश्यले र वषौ देखि चलि आएको रितिरिवाजलाई हराएर नजाओस भन्ने सोचले शुभकामना आदानप्रदान तथा दर खाने कार्यकम्र र खुला तिजगित प्रतियोगिता आयोजना गरिएको उहाले वताउनुभयो ।
त्यस्तै कार्यकम्रका प्रमुख अथिति रानाभाट भाट समाज नेपालका केन्द्रीय सदस्य खिमवहादुर विसिले खुला तीज गीत प्रतियोगिता सांस्कृतिक कार्यक्रम २०८१को शुभकामना दिदै तिज पर्वलाई भड्किलो ,खर्चिलो नबनाई अवस्था अनुसार ब्यस्था गर्नुपर्नेमा जोड दिनु भएको छ ।उक्त प्रतियोगिता प्रतिसप्रर्धा नभएर महिला दिदिवहिनीहरुलाई हौसला प्रदान गर्ने उदेश्यले कार्यकम्रको आयोजना गरेको वताउनु भयो ।
कार्यक्रममा ३ वटा प्रतिसप्रधी समूहले भाग लिएका थिए जस मध्ये वुङची टोल विकास सस्था ले प्रथम स्थान हाँसिल गरि प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गरेको छ, । यस्तै अनिसा वस्नेतले द्वितीय स्थान हासिल गर्दै प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गरेकि छिन । दिक्षिता केसि तृतीय स्थान हासिल गर्दे प्रमाणपत्र र नगद पुरस्कार सहित पुरस्कृत भएका छन् । यस्तै मस्ट टयालेन्ट अन्तगर्त अनिसा वस्नेत पुरस्कृत भएकि छिन । कार्यकम्रमा उपस्थित सम्पुर्ण दिदिवहिनी हरु पुराना तिज गिद गाएर नाचेर कार्यकम्रलाई भव्य र सभ्य तरिकाले सफल पारेका थिए ।
कार्यक्रम रानाभाट भाट समाज जिल्ला कार्य समिति कपिलवस्तु अध्यक्ष श्रिmषेश्वर भाटको अध्यक्षता , रानाभाट भाट समाज नेपालका केन्द्रीय सदस्य खिमवहादुर भाट क्षेत्रीकोे प्रमुख आतिथ्यता , रानाभाट भाट समाज नेपाल लुम्विनी प्रदेसकाका सचिव मदन भाट क्षेत्रीको स्वागत मन्त्ब्य र सञ्चारकर्मी रचना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।