रुपन्देहीको बुटवल यातायात सवारी कार्यालयका कार्यालय प्रमुख लक्ष्मण लम्सालको व्यवहारले कर्मचारी र सेवाग्राही आजित बनेका छन् ।
बुटवल यातायात कार्यालयमा दैनिक जसो २ सय देखि ४ सय सम्म सवारी दर्ता तथा नविकरणका लागि भिडभाड हुने कार्यायमा हाल भने पहिलाको तुलनामा कमि भएर दैनिक जसो बाध्यताले सो कार्यालयमा १ सयको हाराहारिमा सेवा ग्राही सेवा लिन जान्छन सो कार्यालयका कार्यालय प्रमुख लम्साल संग यातायात कार्यालयबाट भएका गल्ती कमजोरीलाई सुधार गर्नका लागि सेवा ग्राही कार्यालय प्रमुखको कार्य कक्षमा एक सेवा ग्राही पुग्छन १ सय ५० सिसीको पल्सर मोटरसाईल हो तर यातायात कार्यालका कर्मचारीको लापरवाहिले लेख्ने क्रममा सि.सी १४९.५ हुनु पर्नेमा १९९.५ लेखिदिएर सो सेवा ग्राहीले २ बर्षको कर जरिवाना सहित १५ हजार २ सय बुझाए पछि त्यही कुरा सच्चाउन यातायात कार्यलयमा ३ पटक धाएर कार्यालय प्रमुख लक्ष्मण लम्साल संग सच्चाउन बढि बुझाएको रकम के हुन्छ भनेर बुझन खोज्दा उनले मिल्दैन मैले सक्दीन भन्दै सेवा ग्राहीलाई हप्की दप्की पार्ने काम गर्दै उनले सेवा ग्राहीलाई आफु कार्यालय प्रमुख नै नभएको जस्तो उनले सेवाग्राहीलाई जवाफ दिन्छन, आफुलाई कसैले केही गर्न नसक्ने भन्दै उनले सेवा ग्राहीलाई तर्साउन टेवल ठोक्दै चर्कोे श्वरमा बोल्छन । उनको व्यवहार कार्यशैलि प्रति आजित हुदै सेवा ग्राहीले दैनिक रुपमा गुनासो गर्दै आएका छन् । उनी कार्यालयमा १० बजे आउने दैनिक कार्यालयमा आउने सेवा ग्राही संग झगडा गर्ने ५ बजे कार्यालयबाट घर जान काम बाहेक उनले सुधारको पाटोमा केही काम नगरेको सेवा ग्राहीले बताउदै आएका छन् । त्यती मात्र हैन कार्यालय प्रमुख लम्साल आफनो कार्यालयका कर्मचारीहरु संग झगडा गरेर ६ महिना भन्दा धेरै भयो उनको कसै संग बोलचाल छैन । कार्यालय प्रमुख लम्सालको कार्य शैलिली गर्दा सबै कर्मचारी आजित भएको एक शाखा प्रमुखले नाम नवताउने सर्तमा हाम्रो पाईला अनलाईन संग बताएका छन् ।
कार्यालयका निमित्त कार्यालय प्रमुख लम्सालले आफनो कार्यायलबाट भएका कमि कम्जोरी सुधार गर्छौ भनेर सुधारको पाटोमा लाग्नुको सट्टा सो कार्यालयमा कार्यरत कुनै पनि कर्मचारीले उनको स्वभाव देखेर उनलाई टेर्दैन्न पनि त्यसले गर्दा यातायात कार्यालय बुटवलमा बेथिति बढेको छ ।
एक बर्षको कार्याकालमा अहिले सम्म स्टाफ मिटिङ समेत उनले राख्न सकेका छैन्न । उनको व्यवहार र अनलाई प्रक्रिर्या निकै झन्जटीलो भएका कारण यस कार्यालयबाट सेवा लिने करिव ४० हजार सेवाग्राहीको ठाउमा अहिलो सो संख्या घटेर १५ देखि २० हजारको हाराहारीमा मात्र गाडिहरु नविकरण दर्तामा रहेको एक स्रोतले बताएको छ । जसले गर्दा लुम्बिनी प्रदेशले करौडौ करोड राजस्वमा संकलनमा कमि आएको छ । कार्यालय प्रमुखको शैलीले गर्दा बुटवल यातायात कार्यालय अस्त व्यस्त बनेको सेवा ग्राहीले बताउदै आएका छन् ।
सो यातायात कार्यालको मुल गेटको माथि एउटा सानो बोडमा लेखिएको छ । बिचौलियाको प्रबेश निशेध भनेर तर सो कार्यालमा कर्मचारी हुदा हुदै कार्यालय भित्र बसेर कागज लेखिदिने , सवारी साधनका रजिष्टर खोजिदिने पैसा खाने दलालहरुलाई प्रयोग गर्नुले कार्यालय प्रमुख लम्सालको त्यो मुल गेटमा रहेको त्यो बोडले नै उनलाई गिज्जाएको छर्लङ देखिन्छ मुल गेटको कुनामा बसेर ति दलालहरुले कागज गरिदिने पछि काम गरिदिए बापत त्यहाका कर्मचारीलाई बुझाउनु पर्ने भन्दै पैसाको मोल मोलाई ति कार्यालको कुनामा बसेर कागज गर्ने बिचौलियाले गर्दै आएका छन् । त्यती मात्र होईन रकमको चलखेलमा त्यहाँ गलत काम त कति भएका छन् भन्ने कुराको लेखा जोखा नै छैन ।
कर्यालय प्रमुख लम्साललाई बुझज्न भनेर पटक पटक फोन सम्पर्क गर्दा समेत उनको फोन उठेन उनको यो गैर जिम्मेवारी पन कति दिन सम्म चल्ने हो उनकै कारण यातायात कार्यालय बुटवलले राजस्वमा करोडौ करोडको घाटा व्यहोर्नु परेको कुराले छर्लङ पारेको छ ।