नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कपिलवस्तुले मौलिक संस्कृतिको संरक्षण गर्दै लैंगिक हिंसा विरुद्ध जनचेतना जगाउने उद्देश्यले जिल्ला स्तरीय तीज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
प्रतियोगिता भाद्र १८ गते बुधबार बिहान ११स्०० बजे बाणगंगाको सिद्धार्थ मा।वि। प्राङ्गणमा हुने छ। प्रतियोगितामा सहभागी हुन चाहने समूहले भाद्र १६ गतेसम्म दर्ता गर्न सक्ने कार्यक्रम संयोजक निलकमल थारूले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु। ३०,०००, द्वितीय पुरस्कार रु। २०,००० र तृतीय पुरस्कार रु। १५,००० नगद सहित प्रमाणपत्र प्रदान गरिने र सहभागी समूहलाई प्रमाणपत्र दिइनेछ जिल्ला अध्यक्ष चन्द्रकान्त पोखरेलले बताए ।
प्रतियोगिताका नियमहरूमा लैंगिक हिंसा विरुद्ध जनचेतना जगाउने खालको गीत हुनुपर्ने, व्यक्तिगत आरोप नलगाउने र अश्लील शब्दहरू प्रयोग नगर्ने जस्ता कुराहरू समावेश गरिएको पोख्रेलले बताए । प्रत्येक समूहलाई १० मिनेटको समय दिइनेछ र एक समूहमा बढीमा १० जना सहभागी हुन सक्ने बताईएको छ ।