कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.६ का वडा अध्यक्ष करुण टण्डन कागजी रुपमा चुकेका पनि उनले आफनो दादा गिरी सैलीमा वडा बासि संग दोहोरो चरित्र देखाएको प्रमाणित ।
वडा अध्यक्ष टण्डनको गुण्डा गर्दि शैलीले उनलाई विबादित बडा अध्यक्षका रुपमा चर्चित छन् । केही दिन अगाडि मात्र पत्रकार आफनो वडामा प्रवेश गर्दा अनुमति लिनु पर्ने भन्दै लक्ष्मणघाटको धार्मिक स्थलको प्रचार प्रसारका रिपोटिङ गर्न पुगेका पत्रकारको क्यामेरा फुटाईदिन्छु भन्ने जस्ता अभिव्यक्तिले उनी विवादमा मुछिएका हुन । त्यस भन्दा अगाडि उनी खोलो बेचेको आरोप उनी माथि लागेको बिषयमा निकै विवादित बनेका थिए । उनले आफुलाई सर्बेसर्वा सम्झने कारण पनि उनी निकै बिवादित रहदै आएका छन् । कुरा धेरै काम थोरै गर्ने बडा अध्यक्षको रुपमा पनि उनलाई वडा वासिले चिन्न थालेका छन् ।
वडा अध्यक्ष टण्डनले बिगत देखि मोतिपुर स्टेशन देखि तौलिहवाका लागि जाने बिद्युत पोल आफनो वडामा गाड्न दिन्न भनेर उनले बहादुरी पन देखाएका थिए र सो बिषयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,प्रहरी उपरिक्षक नवरत्न पौडेल लगायत स्थानीय राजनैतिक दलका पदाधिकारी लगायतको बैठक वडा कार्यलयमा १ पटक र जिल्ला प्रशासन कार्यालयमा पटक पटक गरि बसेको बैठकको सहमतिमा २०८१।०१।१७ गतेको कागजमा वडा अध्यक्ष टण्डनले पोल गाड्न दिने सहमती जनाएर हस्ताक्षर गरेका छन् ।
तर यहाँका वडा वासीहरुलाई भने उनले आफुले सहमति नजनाएको वताएका छन् । कागजी रुपमा चुकेका वडा अध्यक्ष टण्डन वडा कार्यालयको लेटर व्याडमा २०८१।०५।०७ गते पत्र संख्या २०८१।०८२ चलानी नं। १८८ को पत्रमा उनले नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रलाई सम्बोधन गरेर सहमति जनाएको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ,वाणगंगा नगरपालिका ,जिल्ला समन्य समिती कपिलवस्तुलाई,बोदार्थको रुपमा पत्र पठाएका छन् । उनले आज पनि पोल गाड्ने क्रमममा वडा वासिलाई आफुले कहि हस्ताक्षर नगरेको वताउदै पोल गाड्ने कामलाई अवरोध गर्नका लागि वडाबासिको भेला गराएका थिए बिरोध गर्नु पर्छ भनेर वडाबासिलाई उचाल्ने काम गरे केही दिन अगाडि बिद्युत प्राधिकरणले आफुहरुले बाटोमा गाड्न भनेर राखेका ७ वटा पोल रातारात गायव भए पछि बिद्युत कार्यालयले पोलहरु चोरी भएको भन्ने प्रहरीलाई सुचना दिए पछि प्रहरीले खोज तलासी गर्दा वडा अध्यक्ष टण्डनले स्थानीय युवा लगाएर वडा कार्यालयको कम्पाउण्ड नजिक लगेर लुकाएको अवस्थामा प्रहरीले फेला पारेको छ । यदि विद्युत प्राधिकरणले जाहेरी दिएको खण्डमा वडा अध्यक्ष टण्डन र ति बिद्युत पोल बोक्ने युवाहरुलाई चोरी सम्बन्धी कसुरमा प्रहरीकोमा मुद्धा समेत दर्ता हुने अवस्था देखिन्छ ।
वडा अध्यक्ष टण्डनको दोहोरो चरित्र देखिदा उनी माथि वडा वासिले आफुले विश्वास, भरोसा गरेर चुनाव जिताएका जन प्रतिनीधी माथि नै प्रश्नका चिन्हको चाङ लागेको बताए छन् । सो स्थानमा पटक पटक अवरोध गरे पछि आज नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले सयौको संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरि लक्ष्मनघाटमा ६ बटा विद्युत पोल गाडेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिनु भयो ।