बाणगंगा नगरपालिका, कपिलवस्तुको स्वास्थ्य शाखाले डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम माछापुच्छ्रे होटल, वडा नं। ४ मा सम्पन्न भएको थियो। डेंगी रोगको जोखिम, लक्षण, रोकथाम र नियन्त्रणका उपायहरूबारे उपस्थित स्थानीय नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा डाक्टर गणेश क्षेत्रीले डेंगी रोगको बारेमा विस्तृत रूपमा प्रस्तुति दिनुभयो। उहाँले रोगको स्रोत, संक्रमणको प्रकृति, र समुदायस्तरमा अपनाउनुपर्ने सावधानीहरूबारे चर्चा गर्नुभयो। यसै क्रममा, स्थानीय समुदायका सदस्यहरूले डेंगीको जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गरेका छन् । कार्यक्रममा स्वास्थ्य शाखाले नगरपालिका भित्रको डेंगी नियन्त्रणको लागि गरिएका र गर्न लागिएका विभिन्न पहलहरूको बारेमा जानकारी पनि गराएको थियो। सहभागीहरूले कार्यक्रमको महत्वबारे प्रशंसा गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिए। नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले समापन मन्तव्यमा डेंगी नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिँदै, नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वयलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरिन्।
कार्यक्रममा वाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरी अध्यक्षताकार्यक्रममा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय संघसंस्था, तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। भने संचालन स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले गरेका थिए ।