कालिका स्वाबालम्बन सामाजिक विकास केन्द्र तौलिहवा कपिलवस्तुको आयोजना तथा बाणगगा नगरपालिका बिच बहुक्षेत्रिय पोषण बैठक सम्वन्धी बैठक सम्पन्न भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथी वाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले बहुक्षेत्रिय पोषण बैठकमा जोड दिँदै भनिन् कि कुपोषण अन्त्यका लागि साझा प्रयास आवश्यक छ। उनले पोषण सम्बन्धी शिक्षा र सचेतना अभियानलाई प्रभावकारी बनाउने र दुर्गम क्षेत्रका बालबालिकाहरूको स्वास्थ्य सेवामा पहुँच सुधार्ने योजनामा चासो व्यक्त गरिन्। उप प्रमुख चौधरीले, नगरपालिकाले नयाँ कार्य योजनाहरूको निर्माणमा पहल गर्ने र विभिन्न सरोकारवालासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको बताइन्।
बाणगगा नगरपालिकामा पोषण मार्फत जीवन रूपान्तरण परियोजनाू अन्तर्गत पालिका बहुक्षेत्रिय पोषण सरोकारवालासँगको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम माछापुच्छ्रे होट ४ नम्बरमा सम्पन्न भएको हो।
कार्यक्रमको वारेमा हेलन केलर इन्टरनेशनलका प्रशिक्षक भरत शर्माले पोषण सम्बन्धी महत्त्वबारे गहन छलफल गर्दै पोसणको महत्व के कारणले वालवालिका कुपोसित हुने गर्छन देशको अवस्था पोषणमा कस्तो छ । भन्ने बिषयमा प्रकाश पार्नु भएको थियो । विभिन्न समूह र सरोकारवालाहरूको सहभागितामा कार्यक्रमले पोषण सुधारका लागि नयाँ कार्य योजनाहरू निर्माण गर्नु पर्नेमा वाणगंगा नगरपालिकाले चासो देखाएको छ ।
बैठकमा कुपोषण अन्त्यका लागि विशेष योजना अघि सार्नु पर्नेमा सरोकारवाला निकायले चासो व्यक्त गरे। साथै, पोषण सम्बन्धी शिक्षा र सचेतना अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। दुर्गम क्षेत्रका बालबालिकाहरूलाई लक्षित गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने योजना पनि बैठकमा प्रस्तुत गरिएको थियो।
कालिका स्वावालम्बन सामाजिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष मंजित सिहको अध्यक्षता कार्यक्रममा वाणगंगा नगरपालिकाका उप प्रमुख रिताकुमारी चौधरीको प्रमुख आतिथ्यता , सबै बडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु ,वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी ,सम्पुर्ण स्वास्थ्य चौकीका प्रमुखहरु,पत्रकार, सरोकारवाला निकाय लगायतको उपस्थीती रहेको कार्यक्रमको संस्थाको परिचय संगै आगामी कार्ययोजनाका बारेमा पोसण मापन जिवन रुपान्तरण कार्यक्रम संयोजक कमला शुक्लाले प्रकाश पार्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले गर्नु भएको थियो ।