मंगलवार विहान देखि परेको अबिरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको एक दर्जन गाउँबस्ती डुबानमा परेका छन्। नगरपालिका भित्र रहेका करिब ५ सय घरमा भित्र पानी छिरेको छ । कतिपय स्थानमा पुर्ब पश्चिम राजमार्ग पनि पानीले जलमंन बनेको छ ।
बाणगंगा नगरपालिका वडा नं. १ ,२,४, र ७ को कोईली बनगाईको केही गाउँ डुबानमा परेका छन्। पिपराको मायादेबी साझेदारी बनको घाटगद्धि स्थल हाटबजारसुपा देउराली मन्दिर, कालोनी, लखनपारा, , गंगोलिया राजापानी, ओदारी, बैरिया, झुगा, जितपुरका भुभाग डुबानमा परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनु भयो ।
मध्य बनगाईमा रहेको एक सामुदायिक विद्यालय जनचेतना आभारभुत विद्यालयमा पनि पानीले डुवान गरेको थियो । बर्षातको समयमा जोखिम मोलेर पनि विद्यालयमा आएका विद्यार्थीहरुलाई डुवान भए पनि १ बजे सम्म विद्यालय सञ्चालन गरेको थियो । भने वाणगंगाका अन्य सामुदायिक तथा निजी विद्यालय अधिकांश स्कुल बन्द रहेका छन् ।
वाणगंगा नदिमा भन्दा कोईली नदिको वहाब बडे पछि कोईली बनगाईका २० घरमा बाडि पसेको छ । धेरै घरहरुमा क्षति गरेको ७ जनालाई घर भित्रबाट उद्धार,सुरक्षित स्थानमा वस्नका लागि आग्रह गरिएको प्रहरी निरिक्षक रायमाझीले बताउनु भयो । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक रायमाझीको कमाण्डमा १५ जनाको टोलीलले उद्धारको काम गरि रहेको प्रहरी निरिक्षक रायमाझीले बताउनु भयो । आज राति पनि पानी पर्न सक्ने हुदा सबैमा सर्तका हुनका लागि प्रहरी निरिक्षक रायमाझीले आग्रह गर्दै केही समस्या परे प्रहरीलाई खवर गर्न सुझाव दिनु भयो ।