बाँकेको राप्ती सोनारी गाउँपालिकाका २ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् ।
बाकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ परेका हुन् । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की अनुसार घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ ।
सामान्य विवादमा वडा अध्यक्ष वली सहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटा लगायत करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ ।