बाणगंगा वेयलफेयर सोसाइटीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अस्पताल लगायतका विभिन्न स्थानमा बेञ्च प्रदान गरेको छ । बुधबार सोसाइटीले पिपरा हस्पिटल मा २ पिस, बैरिया स्कुल चोकमा २ पिस, चारनम्बर चोकमा २ पिस, कपिलवस्तु सामुदायिक हस्पिटल २ पिस, गजेहडा ३ पिस, हरिहरपुरको स्वास्थ्य चौकी मा १ पिस गरि जम्मा १२ वटा बेञ्च प्रदान गरेको छ। यो सहयोगले अस्पतालमा बिरामी र यात्रु तथा आगन्तुकहरूलाई बस्न सहज हुने छ।पगचकष् द्ध।वउन
बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाँणले भने हाम्रो संस्था कपिलवस्तुको विकास र सेवामा समर्पित छ। यो सानो सहयोगले अस्पतालमा आउने बिरामी र उनका आफन्तहरू र यात्रुहरुलाई राहत मिल्ने विश्वास लिएका छौं।
संस्थाका महासचिव बुद्धि बहादुर रोकाहा दिनेशले हामीले विगतदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छौं। कपिलवस्तु महोत्सवको सफल आयोजना गरेर हामीले आफ्नो क्षमता प्रदर्शन गरेका छौं। अब स्वास्थ्य क्षेत्रमा पनि योगदान दिन पाउँदा खुसी लागेको छ।पगचकष् द्द।वउन
कपिलवस्तु सामुदायिक अस्पतालका प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेलले यस सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भने, बाणगंगा वेयलफेयर सोसाइटीको यो सहयोगले हाम्रो अस्पतालमा आउने बिरामी र आगन्तुकहरूलाई निकै सहज हुनेछ। सामाजिक संस्थाहरूले यसरी नै अग्रसरता लिँदा समाजको विकास हुन्छ।
बाणगंगा वेयलफेयर सोसाइटी कपिलवस्तुको एक चर्चित संस्था हो। यसले विगतमा कपिलवस्तु महोत्सव जस्ता ठूला कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरी आफ्नो छुट्टै पहिचान बनाएको छ। संस्थाले सामाजिक कार्यका अतिरिक्त स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा पनि योगदान पुर्याउँदै आएको छ।
सहयोगले बाणगंगा वेयलफेयर सोसाइटीको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्किएको छ। स्थानीय स्तरमा यस्ता संस्थाहरूको सक्रियताले समुदायको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
अस्पतालका पदाधिकारीहरूले यस सहयोगलाई स्वागत गर्दै अन्य संघ(संस्थाहरूलाई पनि यस्तै सहयोग गर्न आह्वान गरेका छन्। यसले स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व र सहकार्यको भावना बढाउन मद्दत पुग्ने आशा गरिएको छ।
बाणगंगा वेयलफेयर सोसाइटीले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ। संस्थाका पदाधिकारीहरूले समुदायको विकास र कल्याणका लागि निरन्तर काम गर्ने बताएका छन्।