Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

कपिलबस्तुबाट हुने गोरु तस्करीमा तस्करहरुले नयाँ बाटोको प्रयोग गर्दै

हाम्रो पाईला हाम्रो पाईला
२०८१ साउन २७, आइतवार ४:०४ AM
कपिलबस्तुबाट हुने गोरु तस्करीमा तस्करहरुले नयाँ बाटोको प्रयोग गर्दै

कपिलबस्तु जिल्लाको सिमावर्ती क्षेत्रमा संकलन गरिएका गोरु तस्करहरुले नयाँनयाँ बाटो प्रयोग गर्न लागेका छन् । रुपन्देही प्रशासनले गोरु तस्करीमा कडाइ गरेपछि नयाँ बाटो पहिल्याउँदै ओसारपसार गर्ने क्रममा गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयहरुले पुनः नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

कपिलबस्तुको महेन्द्र राजमार्ग खण्ड बाटभित्र पर्ने सालझण्डी–ढोरपाटन हुँदै गुल्मी पाल्पाको सिमाना रिडीबाट कालीगण्डकी र मिर्मीबाट स्याङ्जाको चापाकोट प्रयोग गरी पुनः काली गण्डकी करिडोर अन्तर्गत गरी पिपलडाँडादेखि गैडाकोट सडकमा पुग्ने गर्दछन् । तस्करीको यो पहिलो मात्र नभई यस अगाडि प्रहरीले वरामद गरेको थियो ।
तस्करहरुले यस भन्दा अगाडि राजमार्गको बाटो प्रयोग गर्थे । जब रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले यस विषयलाई संवेदनशील रुपमा लिन लागे पछि नयाँनयाँ बाटोको पहिचान गरी प्रयोग गरेको हुन सक्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका कर्मचारीहरु बताउँछन् ।

रुपन्देही प्रशासनले कडाई गरे पछि रुपन्देहीको बेलबास–नुवाकोटको सडक प्रयोग गरेको वखतमा प्रहरी चौकी दोभान पाल्पाले ट्रक सहित गोरु नियन्त्रणमा लिएको थियो । तस्कर समूहले प्रहरीको साथ र सहयोगका कारण यसरी हप्तामा एक ट्रक गोरु निकासी गरेका हुन् । तस्कर समूहले बुटवल–पाल्पा सडक प्रयोग गरी पाल्पाको पिपलडाँडादेखि गैडाकोट सडक प्रयोग गरेका बखतमा रम्भा गाउँपालिकाको हुंगीमा स्थानीय युवाले नियन्त्रणमा लिए पछि पछिल्लो समयमा असुरक्षित महसुस गर्दै स्याङ्जाको बाटो प्रयोग गरेको स्थानीय कृष्ण गैरे बताउँछन् । यहाँबाट मासुको लागि बंगलादेश लैजाने हो ।

कृषि प्रयोजनका लागि ओसारपसार गर्न अनुमति लिएको कपिलबस्तुको ए ब्रदर्श पशु चौपाया सप्लायर्स चन्द्रौटाले एलिसा चौहान सप्लायर्स सर्लाही पठाउँदै आएको हो । प्रहरीको संरक्षणमा यसरी तस्करी मौलाएको स्थानीयहरुको दावी रहेको छ । कपिलबस्तु देखि अर्घाखाँची, गुल्मीको प्रहरी प्रशासनले रोक्न चाहेको खण्डमा रोकिन्छ । प्रहरीको नै सेटिङमा पहाडी जिल्लाको सडक प्रयोग भएको हो । यसमा प्रहरीको पोष्टदेखि जिल्ला तह सम्म आर्थिक लेनदेन भए पछि यो सडक प्रयोग भएको हो । यो सडकमा ठाउँ ठाउँमा प्रहरीको पोष्ट छ तर प्रहरीले नै ले नदेनमा मिलाएको पछि स्थानीय युवाहरुले किशोर न्यौपानेले बताउँछन् ।

यस अगाडि पाल्पा रामपुर हुँदै गैंडाकोट जाने क्रममा इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत एक प्रहरीले सबै सुरक्षा र सुराकीको व्यवस्था मिलाउने गर्थे । हाल उनी कपिलबस्तु सरुवा भएपछि पनि उनकै सेटिङ र सुराकीको आधारमा हुने गरेको स्रोतले बतायो । यसरी प्रहरी नै तस्करसंग हातेमालो गरेपछि तस्करी कसरी नियन्त्रण हुन्छ भन्ने प्रश्न उब्जिएको स्थानीयहरु बताउँछन् ।

प्रहरीले नियन्त्रणमा लिएको गोरु भन्सार कार्यालयमा पठाउने हो । भन्सार कार्यालयले लिलाम गर्ने हो । यही र यस्तै तस्कर समूहले लिलाम सकार्ने हो । भन्सारको लिलामी कागजको प्रतिलिपि तथा फोटोकपी देखाउँदै पुनः ओसार पसार सुरु हुने, भन्सार कार्यालयका कर्मचारीहरु बताउँछन् । तस्कर समूहको संजाल ठूलो हुने भएका कारण जिल्ला जिल्लाका प्रहरी प्रमुख, समाचार लेख्ने पत्रकारलाई समेत प्रभाव पार्ने भएका कारण उनीहरु कानुनी दायारामा आउन नसकेको कपिलबस्तु चन्द्रौटाका हरि नारायण गुप्ता बताउँछन् । यसरी प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीले नियन्त्रण गर्न चाहेको खण्डमा हुन्छ । कपिलवस्तुबाट गोरु लोड हुन्छ । नवलपरासीको पशु चिकित्सकले निरोगिताको प्रमाण पत्र दिन्छ । यसरी पनि बुझ्न सकिन्छ गलत तथा अवैध धन्धा भनेर उनले भने ।

बंगलादेशमा गोरुको मासु बढी खपत र बढी मूल्यमा बिक्री हुने भएका कारण यहाँबाट यसरी तस्कर हुने गरेको छ । २०४६ सालको राजनैतिक परिवर्तन भए संगै कानुनी बाटो समाउँदै कृषि प्रयोजनको कागज र बहाना बनाउदै तस्करी बढेको हो । यसमा प्रहरी प्रशानको मिलिमतो भएको छर्लङ बुज्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल