काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३(० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५(८, दोस्रो सेटमा २५(१९ र तेस्रो सेटमा २५(१८ ले हरायो । यो जीतसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ ।
अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ । माल्दिभ्सले भने एक अङ्क पनि नजोडी प्रतियोगिता सकाएको छ । यस्तै आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ३(० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ ।
भारतले सेमिफाइनलमा लिगको चौथो स्थानको श्रीलङ्कासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा भोलि दिउँसो ३ बजे भारत र श्रीलङ्का तथा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् ।