Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि

बाँके, २० साउन। बाँके

हाम्रो पाईला हाम्रो पाईला
२०८१ साउन २१, सोमवार १:१६ AM
बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि

राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन् ।
गत आर्थिक वर्षमा चार सय ४४ पर्यटक भित्रिएका निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये चार जना सार्क मुलुक र १० जना विदेशी पर्यटक छन् । आर्थिक वर्ष २०७९र८० मा तीन सय १७ पर्यटक आएका जनाउँदै अघिल्लो आवको तुलनामा गत आवमा एक सय २७ बढी पर्यटक भित्रिएका शाहले बताउनुभयो ।

पर्यटक प्रवेश शुल्कबाट निकुञ्जले गत आवमा एक लाख ८३ हजार तीन सय ३३ राजस्व सङ्कलन गरेको छ । निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेका संरक्षण अधिकृत शाहले जानकारी दिनुभयो । “बाँके राष्ट्रिय निकुञ्जमा स्थापना भएपछि हालसम्म दुई हजार ५२ पर्यटक भित्रिएका छन् । जसमध्ये सार्क मुलुकका १७ र ३८ जना अन्य विदेशी पर्यटक छन् । निकुञ्जमा सबैभन्दा धेरै गत आवमा पर्यटक भित्रिएका हुन्”, संरक्षण अधिकृत शाहले भन्नुभयो ।
बाँके, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व९पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्न, निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उहाँको भनाइ छ । वि।सं।२०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज मूलतः पाटेबाघको वासस्थानका रूपमा चिनिन्छ । हाल निकुञ्जमा २१ वटा बाघ छन् । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा निकुञ्ज छ । पूर्व९पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ ।

स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका प्रमुख वरिष्ठ संरक्षण अधिकृत शाहले बताउनुभयो । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेको उहाँको बुझाइ छ । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गर्न सकिने भएकाले पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास गर्न थालिएको होटल व्यवसायी महासङ्घ लुम्बिनीका संस्थापक अध्यक्ष भाष्कर काफ्लेले बताउनुभयो ।
कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउने भएकाले यो निकुञ्ज पर्यटकको ट्रान्जिट प्वाइन्ट हुँदैछ”, उहाँले भन्नुभयो, “पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएकाले पर्यटकको चहलपहल पनि बढेको छ ।” मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेञ्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।
आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्त्व बढ्दै गएको उहाँको अनुभव छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँ गाउँ होमस्टे सञ्चालित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल