राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो ४स्०४ मा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ। यसअघि साउन १३ गते पनि ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।नेपालमा पछिल्लो समय साना भूकम्पहरू जाने क्रम जारी रहेको छ।