राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा कपिलवस्तु जिल्लाको बाणगंगा९२ पिपरा स्थित जनता माध्यमिक विद्यालय कपिलवस्तु जिल्ला प्रथम भएको छ। विद्यालय प्रशासनले दाबी गरेअनुसार विज्ञान संकायमा अध्ययनरत छात्र रविन बरालले ३।७३ जीपीए प्राप्त गरी जिल्ला प्रथम भएका हुन । विद्यालयका अनुसार जनता मा।वि।बाट कक्षा १२ मा ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
जनता मा।वि।का प्राचार्य रमेश पन्थीले हाम्रो विद्यालयको लागि यो उपलब्धि हो, यसले हाम्रो शिक्षण पद्धति र विद्यार्थीहरूको कडा मेहनतलाई प्रतिबिम्बित गर्दछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डेले यस सफलताले समुदायको सहयोग र विद्यालयप्रतिको विश्वास झल्काएको बताए। उनले यो हाम्रो सामूहिक प्रयासको परिणाम भएको बताए ।
कक्षा ११ र १२ का कोर्डिनेटर शिक्षक श्याम खनालले विद्यार्थीहरूको कडा परिश्रम र शिक्षकहरूको समर्पणले यो उपलब्धि सम्भव भएको बताए। अंग्रेजी माध्यमका कोर्डिनेटर उज्जवल अधिकारीले थप जोड दिँदै भने, हामीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छौं, र यो नतिजाले हामी सही दिशामा अघि बढिरहेको देखाउँछ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी रविन बराल अमेरिकाबाट फर्केर जनता मा।वि।मा शिक्षण गरेका पूर्व शिक्षक स्वर्गीय रोमलाल बरालका छोरा हुन्। रविनले आफ्नो सफलताको श्रेय आफ्ना स्वर्गीय बुवाको प्रेरणा र शिक्षकहरूको मार्गदर्शनलाई दिए। उनले भने मेरो यो उपलब्धि मेरा बुवाको सपना पूरा गर्ने एक कदम हो, म विद्यालयका सबै शिक्षक र साथीहरूप्रति आभारी छु।