१५ वर्षकै उमेरमा राष्ट्रिय भलिबल टोलीमा डेब्यू गरेकी युवा स्पाइकर उषा भण्डारीले थुप्रै अन्तर्राष्ट्रिय म्याच खेलिन् । १३औं साग गेममा डेब्यू गरेकी उनले काभा च्यालेन्ज कपको पछिल्लो चार सिजन ९०२१–०२४० खेलिन् । तर हालसम्म उनले श्रीलंकासँग सेटमा खेल्न पाएकी थिइनन् ।
काभा वुमन्स नेसन लिग–२०२४ मा नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध परेपछि उनी धेरै उत्साहित भइन्, आफ्नो प्रदर्शन कस्तो होला भनेर थोरै नर्भस पनि ।
बिहीबार दिउँसो सवा तीन बजे रंगशालामा भलिबल कोर्टमा पुग्दा समेत उनी भावुक थिइन् ।
श्रीलंकालाई ३–० को सोझो सेटमा हराउने क्रममा उषाले महत्वपूर्ण प्रदर्शन गरिन् । ‘१० वर्ष अगाडि बाबाले जुन ठाउँमा एउटा खेलाडीलाई देखेर मलाई यहाँसम्म ल्याउनु भएको थियो । त्यहीँ ठाउँमा त्यही टिमसँग खेलेर जित्दा मलाई सपना पूरा भएको अनुभव भइरहेको छ ।