नयाँ दिल्ली । भारतको दक्षिणि राज्य केरलामा मङ्गलबार भारी बर्षा पछीको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । उक्त पहिरोमा परी ७० जना भन्दा बढी मानिसहरु घाइते भएका छन् भने २०२ जना बेपत्ता भएका छन् ।
दक्षिण भारतको केरला राज्यमा पर्ने वायनाड जिल्लामा पर्ने मेपडी क्षेत्रमा बिहान कारीब २ बजेतिर लगतार तीन वटा ठुला पहिरा खसेका थिए । स्रोतका आनुसार घटना स्थल मा भारतिय सेनाले मेडिकल टोली सहित २२५ जनाको टोली तैनाथ गरेको छ । बर्षा नरोकिए पनि उद्दार कार्य जारी छ ।