नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गर्दै मनाएको छ । नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क कपिलवस्तुले पनि बिचार गोष्टी तथा प्रतिभा सम्मान कार्यक्रम सहित श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवस अवसरमा वाणगंगा नगरपालिका वडा नं. ७ कपिलस्वस्तुको कपिलधाममा रहेको विपि कोईरालाको मुर्तिमा माल्यार्पण सहित श्रद्धासुमन व्यक्त गरिएको छ ।
सोही अवसरमा ८ जना प्रतिभावान फरक फक बिधाका व्यक्तिलाई दोसल्ला सहित प्रमाण पत्र प्रदा नगरि सम्मान समेत गरिएको व्यक्त गरिएको थियो । सम्मान हुनेमा शैक्षिक राजनैतिक मार्फ समाजमा पुर्याएकोमा टेकराज अर्याल , वाणगंगा न.पा. ८ का डासुराम पौडेल,राजनैतिक उदार चडावका बिच पार्टीलाई पुर्ण रुपमा साथ र सहयोग प्रदान गरेकोमा रिखिराम थारु,युनिस खान,खेलकुद मार्फत जिल्लाको नाम राख्न सफल अजय पाण्डे, स्थानीय स्थरमा रोजगार सिर्जना गरि युवाहरुलाई रोजगार प्रदान गर्ने सन्तराम थारु, एसईईमा उत्कृष्ट नतिजा ल्याएका शिखा कार्की आशिस कार्कीलाई सम्मान व्यक्त गरिएको थियो ।
बिपी विसं १९७१ भदौ २४ गते जन्मिनु भएको हो । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ मत प्राप्त गरे पछि उहाँ देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उहाँलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरे पछि उहाँ आठ वर्ष जेल बस्नुभयो । रिहा भए पछि उहाँ निर्वासनमा भारत जानुभयो ।
२०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनुभयो । राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्नुभएका कोइराला क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधन २०३९ साउन ६ गते भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा योजना आयोगका केन्द्रीय पुर्व उपाध्यक्ष ,डाक्टर गोविन्द पोख्रेलले नेपालको इतिहासमा पृथ्वीनारायण शाह र बि पि कोइराला गरि दुई जना मात्र प्रगतिशील चिन्तन भएका युवाहरु रहेका कारण पनि देखासेकि नभै देखा सिकि गर्नु पर्ने बिपिको सिद्धान्त थियो । जुन नेपाली काङ्ग्रेसले गर्दै आइरहेको छ ।
बिपीको बिचार र सिद्धान्त भन्दा बाहिर गएर काम गरेमा आफुलाई नेपाली कांग्रेस हु भनेर भन्नु गलत सावित हुने बताउनु भयो । सच्चा पार्टीको नेता ,कार्यकताले कहिले पनि बिपिको सिद्धान्त बिपरित जान नहुने बताउनु भयो ।, फलानोले गलत गर्यो भन्दैमा उसलाई सुध्रिनका लागि सुझाव दिएर मौका दिनुको साटो उसले गलत गर्यो भन्दैमा आफुले गलत गर्नु महान मुर्खता हुने बताउदै सबै नेता कार्यकर्ताले बिपिको बिचार सिद्धान्तलाई अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क कपिलवस्तुका सभापति दुर्गा बहादुर के.सी. को अध्यक्षता, कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा योजना आयोगका केन्द्रीय पुर्व उपाध्यक्ष ,डाक्टर गोविन्द पोख्रेलको प्रमुख आतिथ्यता, नेपाली कांग्रेसका नेता तथा भारतका लागि पुर्ब राजदुत दिपकुमार उपाध्यायको विशिष्ट आतिथ्यता,नेपाली नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य सदस्य रुक बहादुर भुषाल , कांग्रेसका पुर्व पार्टी सभापति राजेश राज आचार्य,नेपाली कांग्रेसका पार्टी सचिव शक्ति सिह ठकुरी, महासमिती सदस्य दुनिका प्रसाद भुषाल , कृष्ण प्रसाद न्यौपाने बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय नेपाल लुम्बनी प्रदेश अध्यक्ष दिपक कुमार थापा, ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति बालकुमारी पन्त ,नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका उप— सभापति गणेश पोख्रेल, महासमिती सदस्य दुर्गा सेन,नगर सभापति बिष्णु थापा, नेपाली कांग्रेस वडा नं. २ का वडा सभापति हिम बहादुर कार्की, लगायतको मन्तव्य रहेको कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क कपिलवस्तुका उप सभापति कृष्ण प्रसाद पोख्रेलले गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन पार्टी सचिव बिष्णु मल्लले गर्नु भएको थियो ।