त्रिशक्ति सामुदायिक बन उपभोक्ता समुह वाणगंगा ८ मोर्मीको माघ ६ गते समुहको २० औ साधारण सभा तथा अधिवेशन सम्पन्न भएता पनि नयाँ कार्य समिती चयनमा भने अन्योल्यता देखा परेको छ ।
समुहका निवर्तमा अध्यक्ष बिष्णु पन्थीेले उनी दुई पटक सम्म निर्बिरोध रुपमा समुहको अध्यक्ष बनेका थिए । तर तेस्रो पटक उनी आफु अगाडि नसरेर उनले आफु निकट अन्य व्यक्तिको नाम सिफारिस गरेका छन् । उनले निर्वाचन समितिले तोकेको समयमा पटक पटक निर्वाचलनलाई आवाहन गर्दा समेत उनले बिभिन्न भागवण्डा गर्दै व्यक्ति व्यक्ति उचाल्ने र बिभिन्न व्यक्ति लगाएर हाल सम्म निर्वाचन स्थगीत गराउनुमा मुख्य भुमीका उनको रहदै आएको सामुदायिक बनका उपभोक्ताले उनी माथि आरोप लगाउदै आएका छन् । निर्वाचन मण्डलले पटक पटक निर्वाचनका लागि आवाहन गर्दा समेत उनले सहमतीबाट टुङ्गो लगाउने भन्दै आफु निकटका व्यक्तिलाई भर्ती गर्नेमा उनको ध्यान केन्द्रीत बन्दै जादा अहिले त्रिशक्ति सामुदायिक बनलाई घाट गद्धिमा रहेका काठ कुहेर करोडौका घाटा लागेको छ । भने उपभोक्ताले २ रुपैया व्याज काडेर काठ किन्नका लागि रकम बुझाएको महिनौ दिन बित्दा समेत काठ पाउन सकेका छैनन् । उनले आफनो कार्यकाल सकिदा समेत आफु विवर्तमान अध्यक्ष भई सकेको बनलाई निर्वाचनमा गएर नेतृत्व चयनको बिषयमा लाग्नुको सट्टा उनले भागवण्डा गर्दै निर्वाचन देखि भागेर बनलाई बन्धक बनाउनुमा ठुलो हात रहेको निवर्तमान अध्यक्ष पन्थी माथि ठुलो आरोप छ ।
बनको निर्वाचन समितीले निर्वाचन गराउने भनि पटक पटक मिती तोक्दा उनले सहमतीबाट जाने भन्दै रोकेका थिए । सहमती हुन नसके पछि निर्वाचन मण्डलले यहि असार २८ गते निर्वाचन गर्ने भनि प्रचार प्रसार गर्दा उपभोक्ता निर्वाचनमा जानका लागि उत्साहित देखिएका थिए अन्तिम पटक पनि उनले निर्वाचलाई रोकेर आफनो स्वार्थका पछाडि दौडिएका छन् ।
त्यति मात्र हैन उनले निर्वाचन प्रक्रिर्याको अन्तीम चरणमा पुगेका बेला निर्वाचन समितीलाई एक्लौटी रुपमा समितीको निर्णय बिना विर्वाचन रोक्नका लागि पत्र पठाएर उनले आफनो स्वार्थ पुर्ति गर्ने दाउमा रहदै आएका छन् । त्यति मात्र होईन उनी आफु अध्यक्षमा रहदा ठेकेदार संगको सेटिङमा पटक पटक सुचना लुकाएर काठको टेण्डर गराउने कमिसन खाने गरेको उनी माथि ठुलो आरोप समेत लाग्दै आएको छ । पन्थीले बनको बिधान भन्दा दलिय भागबण्डा गरेर कार्यकर्ता भर्ती केन्द्र समेत बनाउदै आएका थिए । उनले आफना पुराना कर्तुत लुकाउनका लागि पनि आफु निकटका व्यक्तिलाई भर्ती गर्न निवर्तमान अध्यक्ष पन्थीले बनलाई बन्धक बनाउदै आएका छन् ।
पन्थीलाई यस बिषयमा जानकारी लिन खोज्दा डिभिजन बन कार्यलय कपिलवस्तुले आफुलाई सम्बोधन गरेर पत्रकाटेका कारण र आफु निकटका ४ जना उमेद्धवारले निर्वाचनमा जान नचाहेर निवेदन दिएका कारण पनि आफुले निर्वाचन रोकेको स्वीकार गरेका छन् । भने उपभोक्तालाई काठ उपलब्ध गराउन नसक्नुमा पनि आफुनै दोसी भएको स्वीकार गरे ।
समुहको विधानको दफा २३ ३ घ को विधानको व्यस्थामा निर्वाचन मण्डलको जिम्मेवारी भनेको निर्वाचन सम्पन्न गरि प्रमाण पत्र बितरण नगरे सम्म निर्वाचन मण्डलको अधिकार हुने र सो प्रश्चात स्तह समिती बिघठन हुने प्रावधान रहेको छ । यता निर्वाचन मण्डलका संयोजक रविराज आचार्यले पटक पटक निर्वाचन गराउन खोज्दा अध्यक्षबाट रोकिए पछि अव भेला बोलाई निर्वाचनमा जानुको अर्को विकल्प नरहेको आचार्यले बताए ।