वाणगंगा नगरपालिका वडा नं ५ ले वडाको सेवा प्रवाह, कार्यक्रम र योजनाका बारेमा सुशासन तथा पारदर्शिता बिषयक सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ ।
वाणगंगा नगरपालिका वडा नं ५ को आयोजना तथा सामुदायिक रेडियो वाणगंगा ९०.६ मेघाहर्जको प्राविधिक सहयोगमा वडास्तरबाटै जनताका समस्या बुझने र वडाका कार्यक्रम बारे जनतालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा वडाबासीले वडाबाट सम्पादन हुने दैनिक प्रशासकिय काम कारबाही र विकास निर्माणका सम्बन्धमा जनामोर्चाका प्रतिनीधी शसिधर साकोटाले १९ बुदे रचनात्मक सुझाव वडा अध्यक्ष समक्ष पेश गरेका थिए । शिक्षा, स्वास्थ्य खानेपानी, सुरक्षा, ढल, सडक, विद्युत , सरसफाइको उचित व्यवस्थापन , कृषि, पर्यटन र स्वरोजगारका कार्यक्रम लागु हुनुपर्ने, पोखरी वडामा भएका पर्यटकीय स्थल ,सांस्कृतीक सम्पदा, पार्कहरुलाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गनुपर्ने लगायतका सुझावहरु वडावासीले राखेका थिए । उठेका जिज्ञासालाई सम्बोधन गर्दै वडा अध्यक्ष भुषालले आफुले आफना करोडौ लगानी भएका व्यापार बिज्नेस छाडेर सफल व्यवसयीको रुपमा छवि बनाएको आफनो इतिहास बताउनु भयो ।
समाज सेवामा लागेर जनताको सेवा गर्न पाउनु आफनो लागि गर्बको बिषय भएको बताउदै वडा बासिका जिज्ञासालाई सम्बोधन गर्दै विकास निर्माणका कार्यहरु प्रथामिकताका आधारमा क्रमिक रुपमा अगि बढ्ने बताउनु भयो । वडामा सिमित स्रोत र साधन हुदा प्राथामिकताका आधारमा जनताले माग गरेका विकास निर्माणका कार्यहरु सम्पन्न गर्दै लैजाने बताउनु भयो । जनतालाई सहज सेवा सुविधा उपलब्ध गराउनु नै स्थानीय सरकारको लक्ष्य भएको चर्चा गदै भुषालले जनता दुखी हुन नपर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै वडालाई ५ बर्ष भित्रमा नमुना वडाको रुपमा आफुले विकास गर्न लागि पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रमकी प्रमुख अथिती वाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारि चौधरिले जनताको आवश्यकतालाई नजिकबाट नियाल्न र जनताको घरदैलोबाट नै सेवा प्रवाह गर्न वडाबाट नै सार्वजानिक सुनुवाईले सुशासन पारदर्शिता र वडा वासिका सुझाव लिएर वडाका विकास निर्माणका कामहरु अगाडि वडाउन सकिने हुदा सार्वजनिक सुनुवाईको औचित्व धेरै रहेको वताउनु भयो ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुषालको अध्यक्षता , वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारि चौधरीको प्रमुख आतिथ्यता, नेकपा माओवादिका जिल्ला अध्यक्ष विष्नु वेल्वासेको बिशिष्ट आतिथ्यता , नेकपा एमालेका वडा कमिटि अध्यक्ष वावुराम अर्याल ,नेपालि कागे्रश समितिका सभापति अनिल भण्डारी जनमोर्चाका प्रतिनिधि शशिधर सापकोटा लगायतले आफना मन्तव्य सहित सुझाव समेत पेश गरेका थिए । उक्त कार्यक्रम वडा नं. ५ का वडा सचिव पञ्चराम चौधरी, मधौलिया टोल विकास संस्थाका अध्यक्ष खडानन्द गौतम लगायतको आतिथ्यता रहेको कार्यक्रममा सामुदयिक रेडियो वाणगंगा ९०.६ मेगाहर्जका स्टेशन म्यानेजर गणेश पोख्रेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा नं ५ का वडा सदस्य ज्ञान बहादुर कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो ।भने कार्यक्रममा समाज सेवीबुद्धिजीबी,संघ संस्थाका प्रतिनीधी, राजनैतिक दलका नेता कार्यकर्ता गरि सय भन्दा बडि वडा वासीहरुको सहभागिता रहेको थियो ।