कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार बिहान ११ः४० बजे बनकट्टाबाट रमवादह जाँदै गरेको लु ४३ प ७१२९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा सवारी चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेमा स्थानिय वर्ष २२ को सन्तोष बिक हुनुहुन्छ । दुर्घटनामा परी घाइते हुनुभएको बिकको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी, दुर्घटनामा घाइते हेमराज बुढामगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।