कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ बोड्गाउँबाट डिजी फेन्सी पसल संचालकका छोरा खैरो जस्तो देखिने ब्राउन सुगर लागु औषध सहित १ जना पक्राउ परेका छन् ।
उनले फेन्सी पसलको काउण्टर बाटै लागु औषधको कारोवार गर्दै आएको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपिपरा कपिलवस्तुका प्रहरी निरिक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम २ सय मिलि ग्राम खैरो ब्राउ सुगर सहित उनको साथबाट नगद ६ हजा समेत बरामद गरेको छ ।
प्रहरी निरिक्षक रायमाझीले आफु आए देखि नै यहाँको प्रमुख समस्याका लागु औषध रहेको भन्ने सुचना पाए पछि उनले यहाँका लागु औषध कारोवार गर्ने खुख्य मुख्य व्यापारीलाई निसानामा राखेर काम गरि रहेका छन । १ दर्जन भन्दा बढि ठुला कारोवारीलाई रायमाझीले पक्राउ गरेर कारवाहीको प्रक्रिर्या समेत अगाढि बडाएका छन् । भने केही लागु औषध कारोवारी प्रहरीको निसानामा रहेको प्रहरी निरिक्षक रायमाझीले बताए । रायमाझीले लागु औषधमा अहिले सम्म कै उल्लेखनिय काम गरेका कारण पनि उनलाई जिल्ला प्रहरी कार्यलय , लुम्बनी प्रदेश प्रहरी कार्यालयबाट समेत पुरस्कृत भएका छन् । प्रहरी निरिक्षक रायमाझीले लागु औषध न्युनीकरण गर्नु आफना पहिलो मिसन रहेको हाम्रो पाईला अनलाईनलाई बताए ।