कपिलवस्तुमा हत्या गरि फालिएको अवस्थामा एक पुरूषको शव फेला परेको छ । जिल्लाको सुद्धोधन गाउँपालिका वडा( ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालिमा शनिवार बिहान १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।
प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले अनुहारमा ढुंगाले हानेर हत्या गरी नालामा छाडिएको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको बताए।
मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुंगा समेत फेला परेको ओलीले बताए। शवको पहिचान भने नखुलेको उनले बताए। शवलाई पोस्टमार्टका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनाको अनुसंधान भईरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।