कपिलवस्तुको शिवराज नगरपालिका– ३ खरेन्द्रपुर नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत खरेन्द्रपुर नजिकै भएको उक्त दुर्घटनामा करिब ३३ बर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषको परिचय नखुलेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शुक्रबार राती करिब २ बजे उक्त दुर्घटना भएको अनुमान छ । दुर्घटना गराउने सवारी साधन समेत बेखबर छ ।
मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।