सूचना प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनको लागि हुवावेले आवेदन माग गरेको छ । हुवावेले आफ्नो ‘सिड्स फर द फ्युचर नेपाल २०२४’ का लागि आवेदन दर्ता खुला गरेको हो । स्नातक तहका विद्यार्थीले वेबसाइटमार्फत् आवेदन दर्ता गर्न सक्छन् । www. seedsnep.com मा जुन ९ तारिखसम्म आवेदन दिन सकिने हुवावे नेपालले जनाएको छ ।
सन् २०२४ मा हुने सिड्स फर द फ्युचर नेपाल कार्यक्रमको काठमाण्डौमा उद्घाटन कार्यक्रम गरेर घोषणा गरिएको हो । हुवावेले अहिले लगातार चौथो वर्ष सीड्स फर द फ्युचर नेपाल छात्रवृत्ति कार्यक्रम गरेको हो । कार्यक्रमको माध्यमबाट, हुवावेले डिजिटलाइजेशन, नवीनता, उद्यमशीलता र दिगोपनमा गहन आईसीटी सत्रहरू सुविधा प्रदान गरेर नेपालमा आईसीटी इकोसिस्टमलाई बढावा दिएको दाबी गरेको छ ।
उद्घाटन कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी, काठमाण्डौ विश्वविद्यालयका कुलपति भोला थापा, हुवावे नेपालका सीईओ हुआंग जुन, इन्टरप्राइज बिजनेसका सीटीओ एन्ड्रयू पेङलगायत उपस्थित हुनुहुन्थ्यो ।
यस्तै विभिन्न विश्वविद्यालयका डीन र प्राध्यापकहरू, विभिन्न सङ्गठनका अध्यक्ष र सीईओहरूको पनि सहभागिता थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले हुवावेको उपस्थितिबाट युवा दिमागलाई आईसीटी क्षेत्रमा अगाडि बढ्न अवसर प्रदान गरेको बताउनुभयो ।