एनसेलका ग्राहकले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न पाउने भएका छन् । आममानिसलाई मोबाइल डेटामार्फत सधैँ अन अर्थात् अनलाइनमा राख्ने आफ्नो प्रतिबद्धताबमोजिम रोमिङ डेटा शुल्क उल्लेख्य रूपमा घटाउँदै शुल्क परिमार्जन गरेको एनसेलले जनाएको छ ।
डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक ७९ रुपैयाँ ८८ पैसामा अमेरिका, यूएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ । यो शुल्क यसअघिको दैनिक १ सय ९० रुपैयाँ १८ पैसाको तुलनामा ५८ प्रतिशतले कम हो । यस्तै चीन, बेलायत र थाइल्यान्ड भ्रमणमा जाने एनसेलका ग्राहकले करसहित १ सय ९० रुपैयाँ १८ पैसामा प्रतिदिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जनअघि यी देशमा दैनिक डेटा रोमिङको शुल्क ६ सय ३३ रुपैयाँ ९३ पैसा रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ ।
एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार, चीन, बेलायत र थाइल्यान्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो । यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाउनु हो र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो त्यो देशको सिम लिइराख्नु आवश्यक पर्दैन ।
ग्राहकले ८१७१२९८२३ डायल गरी प्राप्त निर्देशनअनुसार यो प्याक शुरु गर्न सक्ने एनसेलले जनाएको छ । प्रिपेड ग्राहकले ८१२३३ डायल गरी यो प्याक लिन सक्छन् । त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेशसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ । ग्राहकले देशभित्र वा नेपालबाहिर रहँदा पनि विभिन्न वालेटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरू काम गरी सधैँ कनेक्टेड रहन सक्छन् ।