युवालाई विभिन्न रचनात्मक काममा लगाउन बाणगंगाको बैरियामा बैरिया युवा समाज गठन भएको छ । युवाहरुलाई सिर्जनशील कार्यमा सहभागी गराउँदै सशक्त बैरिया समाज निर्माणका लागि गाउँमा युवा शक्ति निर्माण गरि खेलकुद, कला, शिक्षा, समाजिक विकास र बैरिया क्षेत्रको विकासमा भुमिका खेल्ने उद्देश्यका साथ समाज गठन भएको हो । समाजका अध्यक्ष विष्णु प्रसाद घिमिरेले समाजले बैरिया क्षेत्रका लागि काम गर्ने बताए । बाणगंगाको महत्पूर्ण क्षेत्र बैरियालाई हरेक क्षेत्रबाट अघि बढाउन समाज गठन भएकाले आगामी दिनमा बैरियाका युवाहरू माझ आशाको संचार सृजना हुने घिमिरेले बताए ।
समाज गठन भएसँगै प्रत्येक दिन युवाहरुलाई फुटबल खेलमा सहभागी गराउँदै आएको समाजले १७ औं गणतन्त्र दिवसका अवससरमा आज बैरियामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइ मानिसले स्वयं गर्ने कार्य भएको र हाम्रो सनातन संस्कृतिमा यो मान्यता छ कि जहाँ सफासुग्घर रहन्छ त्यहीँ लक्ष्मीको वास हुने विश्वास गरिएको सनातनधर्मी श्री लक्ष्मीका उपासक हुने भएकाले सरसफाइ कार्यक्रम आयोजना गरिएको अध्यक्ष घिमिरेले बताए ।
सरसफाइ कार्यक्रममा बैरियाका उलेल्य युवाहरुको सहभागिता रहको थियो । स्वच्छताको अर्थ हाम्रो शरीर, मन र हाम्रो चारैतिरका चीज वस्तुलाई सफा र स्वच्छ बनाएर राख्नु भएको र स्वच्छता मानव समुदायको एक आवश्यक गुण रहेको यो विभिन्न प्रकारको रोगबाट सुरक्षाको सरलतम उपायमध्ये एक र सबै भन्दा प्रमुख उपायका साथै सरसफाइ जीवनको आधारशीला भएकाले सरसफाइ कार्यक्रम आयोजना गरिएको बैरियाका युवाहरुले बताएका छन् ।